कविता - 'मेरो आग्रह' - सानु मगर, कपिलवस्तु

२० फाल्गुन २०७३


कविता 

'मेरो आग्रह'

आउ नेपाली जुटौं अब सबै एक हौं
शान्तिको किरण ल्याउनु छ नमाने है धौ।

एक अर्काको रिसरागमा बिग्रीयो नेपालको विधि
समाजासेवामा जुटौं नगरौं भो अब फोहोरो राजनिती।

पार्टी भन्दै हिडे कति दुखमा साथ कसैले पाउदैन
राजनिको शासनले तिम्रो हाम्रो घरमा शान्ति आउदैन ।

वीर नेपाली हुँ देशको लागि केही गर्छु भन्छौ
तेरो मेरो पार्टी भन्दै भाइ-भाइ पनि पराइ किन बन्छौ ।

के पाउछौ र दुश्मनको पाइला तिमी बढाइ
नेपाल आमाको शन्तान हामी किन गर्ने आपसमा लडाइ ।

के तिम्लाइपनी पीडा हुँदैन र घरमा आमा रुँदा
आँखा छोपी नबस है नारी माथी अत्याचार हुँदा ।

सक्छौं भने यदि तिमी समाज प्रती सेवा लिएर जुट
जहाँ अत्याचार हुन्छ त्यहाँ वीर गोर्खाली देशभक्त बनी उठ ।

देशमा शान्ति आउछ हामी सबै एक एक मिलेर जुटे
नारी हिंसा इत्यादि हट्दै जान्छ समाज प्रती लगाव राख्दै हामी उठे ।

कस्तो अनौठो अनुभव हुन्छ होला देशमा शान्ति आउँदा
अनुहारमा मुस्कान लिइ अध्यारोमा उज्यालो किरण जगत भरी छाउँदा ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »