खस्दा पनि नबिग्रने सामसुङको नयाँ स्मार्टफोन सार्वजनिक

२० फाल्गुन २०७३

banner

नयाँ दिल्ली । दक्षिण कोरियाको टेक्नोलोजी कम्पनी सामसुङले अहिले सम्मकै बलियो मोबाइल सार्वजनिक गरेको छ ।

ग्यालेक्सी एक्सकभर४ नाम रहेको यो स्मार्टफोन यस अघि नै आइसकेको ग्यालेक्सी एक्सकभर३ भन्दा पनि बलियो रहेको जनाइएको छ ।
यति मात्रै नभएर सामसुङको यो स्मार्टफोनलाई पानी र धुलोले पनि असर नगर्ने बताइएको छ ।

बलियो भएकै कारण यस स्मार्टफोनले मिलिटरी ग्रेड (MIL–STD 810G)  रेटिङ ग्रेड प्राप्त गरेको । खस्दा पनि केही नहुने यस स्मार्टफोनलाई धेरै गर्मी तथा चिसोमा पनि चलाउन सकिने छ । यो एक वाटर रेजिस्टेनस फोन हो ।

यसको लागि यस फोनले IP–68  रेटिङ प्राप्त गरेको छ । कम्पनीका अनुसार यस फोनलाई एक मिटर गहिरो पानीमा ३० मिनेट सम्म राख्न सकिने छ ।

यसको विशेषता

सामसुङ ग्यालेक्सी एक्सकभर४ स्मार्टफोनलाई सबैभन्दा पहिले अप्रिलमा युरोपियन बजारमा ल्याइनेछ । जसको रङ कालो हुने छ । युरोपपछि यस स्मार्टफोनलाई कम्पनीले भारत लगायत अन्य देशका बजारमा सार्वजनिक गर्ने भारतीय संचारमाध्यमले जनाएको छ ।


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »