रवीन्द्र मिश्रलाई अवसर दिऊँ

२० फाल्गुन २०७३

banner

धेरै समय पछि चुनावको मिति तोकिएको छ । चुनाव होला नहोला त्यो समयले बताउनेछ ।  किनकी राजनीतिक किचलोले ओतप्रोत छ ।  हाम्रो देशमा केही कुराको भर नै छैन। मिति तोकिएको हुँदा चुनाव होला भनी आशा गरौ । चुनावमा भोट दिनु मात्र ठूलो कुरा हैन ।  आफुले दिएको भोटको सहि सदुपयोग हुन सकोस अर्थात सहि उमेदवार छनौट गरि देश विकासको तिब्र खाका कोर्न सक्ने पार्टी हेरौ । ब्यक्ती हेरौं  ।  तपाईंले भोट दिदैँ आएको पार्टीको मान्छे नपरे पनी वास्ता नगर्नुस् ।  सक्षम ब्यक्ति अर्थात् नयाँ भिजन र सोच भएको ब्यक्ति हेर्नुस् ।

बाबुराम र गगनको भिजन नयाँ
जो सुकैले जे भनुन मानुन वा नमानुन डा. बाबुराम भट्टराईको सोच केही बढि, अनि नयाँ र अग्रगामी भिजन मान्न सकिन्छ  । त्यसैगरी गगन थापाले पनि बढि अवसर नपाएता पनि भिजन सकारात्मक मान्न सकिन्छ । बाँकीको खासै नयाँ अनि खाका कोरिएको भिजन छैन ।  जुन हामिले भोगी सकेका छौ।

मिश्रको पार्टी बहुमतको लायक
यहि भीडमा अत्यन्त आवश्यक ब्यक्ति बिबिसी सेवामा लामो समय पत्रकारिताको  अनुभव संगालेका रवीन्द्र मिश्रको पार्टी अब बहुमतको लायक बनाउनु हाम्रो कर्तव्य सम्झिनु आवस्यक छ।  पक्कै पनि नयाँ संगै केही दम हुनेछ । त्यसैले मैले यो पार्टीमा भोट दिँदै आएको छु । अब पनि दिन्छु नभनौ । यहि सोचले नै दिनहु देश ओरालो लागिसक्यो ।  हामिले सहि व्यक्ति छान्न नसक्दा हामी आफैले हरेक कुरामा दु:ख पाइरहेका छौ । हाम्रो सोच पूरा हुन सकेको छैन । त्यसैले म पनि तपाई जस्तै हो । देश विकासको लागि पार्टी नहेरौ । अब ब्यक्ति हेरि भोटको सहि सदुपयोग होस ।  जसले गर्दा देशको मुहार  फेरियोस । हाम्रो एउटा सहि छनौटमा वास्तविक गर्वको महशुस सबैले गर्न सकियोस ।  सबै उहीँ बारिका हुन भन्ने सोच पालियो भने पक्कै पनि सच्चा मन लिएर हिम्मत गर्नेहरु कहिल्यै जुर्मुराएर उठ्ने छैनन । त्यसैले अबको यात्रालाई एउटा अवसरको रुपमा लिऊँ  ।

(सुनिल राना भाट हाल कोरिया)

 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »