यस्ती भइन् अमिताभ बच्चनसँग अभिनय गरेकी माइतीघरकी नायिका

२४ श्रावण २०७४

banner

काठमाडौँ । नेपाली चलचित्र माइतीघरका कलाकार तथा प्राविधिकलाई विशेष सम्मान गरिएको छ । सोमबार राजधानीको आर्मी अफिसर क्लबमा आयोजित एलजी सिने सर्कल अवार्ड २०७४ को समारोहमा उनीहरुलाई सम्मान गरिएको हो । समारोहमा चलचित्रका नायक/नायिका सि.पी लोहनी र माला सिन्हालाई विशेष सम्मानका साथै उनीहरुको पोट्रेट पनि प्रदान गरिएको थियो । सम्मानपछि बोल्दै अभिनेत्री सिन्हाले आफ्नो करियरका उतारचढावलाई स्क्रिनमा देखाई पुनः ताजकी थपिदिएको भन्दै निकै भावुक बनिन् ।

यस्तै द्वन्द्व निर्देशक एनबी महर्जनलाई ५१ हजार रुपैयाँ नगद राशीसहित लाइफटाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मान गरिएको थियो ।

समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक विनोद चौधरी, प्रधानसेनापति राजेन्द्र क्षेत्री, महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ लगायतका विशिष्ठ व्यक्तित्वको उपस्थिती थियो ।

क–कसले पाए एलजी सिने सर्कल अवार्ड २०७४?(सूचिसहित)
१. उत्कृष्ट फिल्मः जात्रा
२. उत्कृष्ट निर्देशकः प्रदिप भट्टराइ(जात्रा)
३. उत्कृष्ट नायकः विपिन कार्की(जात्रा)
४. उत्कृष्ट नायिकाः बर्षा राउत(जात्रा)
५. उत्कृष्ट संगीतकारः कालिप्रसाद बास्कोटा –निर जहिले रिसाउने(पुरानो डुंगा)
६. उत्कृष्ट जोडीः माओत्से गुरुङ र मेनुका प्रधान(पुरानो डुंगा)
७.उत्कृष्ट कोरियोग्राफरः कविराज गहतराज(छक्का पन्जा)
८. उत्कृष्ट एक्सन संयोजकः हिमाल केसी(के म तिम्रो होइन र)
९. उत्कृष्ट पाश्र्व गायिकाः मिना निरौला(ठमेल बजार, लुट २)
१०. उत्कृष्ट पाश्र्व गायकः यूवराज चौलागाइ(पलाँस)
११. उत्कृष्ट पटकथाः प्रदिप भट्टराइ(जात्रा)
१२. उत्कृष्ट ध्वनी मिश्रणः शैलेस श्रेष्ठ( गाजलु)
१३. उत्कृष्ट सम्पादकः अर्जुन जीसी(विर विक्रम)
१४. उत्कृष्ट पपुलर अभिनेत्रीः प्रियंका कार्की(छक्का पन्जा)
१५. उत्कृष्ट पपुलर अभिनेताः दीपकराज गिरी(छक्का पन्जा)
१६. उत्कृष्ट कमेन्डेबल मुभि अफ द इयरः विजुली मान्छे(नविन अवाल)
१७. उत्कृष्ट हाइएस्ट ग्रसर फिल्म डिरेक्टर अफ द इयरः दीपाश्री निरौला(छक्का पन्जा)
१८. उत्कृष्ट भीएफएक्स अफ द इयरः सत्यम राना र सुदिप आचार्य(जय पर्शुराम)
१९. उत्कृष्ट पपुलर सङ अफ द इयरः ठमेल बजार(लुट २)
२०. उत्कृष्ट स्टन्ट अफ द इयरः राजु तामाङ(जय पर्शुराम)
२१. उत्कष्ट ट्रेलर अफ द इयरः सुरेन्द्र पौडेल(लुट २)
२२. उत्कृष्ट पोष्टर अफ द इयरः सुन्दर श्रेष्ठ(छक्का पन्जा)


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »