फेसबुकमा आउने भयो डिसलाइक बटन

२२ फाल्गुन २०७३

banner

काठमाडौं । सामाजिक संजाल फेसबुकको च्याटिङमा अब लाइक मात्र नभएर डिसलाइक बटन पनि आउने भएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार फेसबुकले अब च्याटिङमा डिसलाइक बटन पनि ल्याउने तयारी गरिरहेको छ ।

च्याटिङ बक्समा डिसलाइक बटन आएपछि च्याटिङ गर्दागर्दै म्यासेज मन नपरे डिसलाइक पठाउन मिल्नेछ ।

यसको लागि फेसबुक प्रयोगदाताहरुले च्याटिङ गर्दा म्यासेजमा रोकिनुपर्ने हुन्छ, त्यसपछि आउने अपसनमा गएर यस डिसलाइक बटमको प्रयोग गर्न सकिनेछ ।


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »