म मरेको दिन - नवराज योन्जन

२२ फाल्गुन २०७३

"म मरेको दिन"
 

कुण्ठाको ठाँउमा
एक मुठ्ठी सासको कुस्त संगै 
म फुल्दै गर्दा 
घाम लागेको छ
भरिया बन्दै ति वादलहरु कहिले लेख कहिले बेशी गर्दैछन् 
चिसो चिसो सिरसिर वतासको मधुर संगीतमा 
वनकुञ्जमा बसी चराचुरुंगीहरु सयुंक्त कण्ठ मन्द गाउँदैछन्


धुलो, धुँवा, पतिङ्गार, कसिङ्गार, रमाउदै नांची रहेका छन्  
खोला झरनाले छाँगामा चिप्लिदै कुण्डहरुमा बिसाउदै 
बगरको मायामा फोहोर सफा गर्दै हिडिरहेको छ

पर पर क्षितिजसंगै पहाडका तरेलिहरुले सुरक्षाको अनुभूति दिएको छ
यो मन छ, प्रेम छ, दया छ, आभार छ, वास्ना छ  
रत संसार कति प्यारो छ

 

म सोंचीरहेको छु । 
म झरेको दिन कस्तो होला 
म आफै भित्र लमतन्न मरेको सपनामा छु
म चुपचाप संगै वातावरण सुनसान देख्छु 
दिन साच्चै कालो अँध्यारो छ
न जुन छ न घाम छ । 
मैले टेक्ने न कुनै ठाम छ । 
साच्चै दिन अँध्यारो छ
न तेरो नत मेरो छ 
न धनि छ न गरिव छ 
सुनसान त्यही च्यानडाँडा प्यारो छ ।


- नवराज योन्जन 

भोजपुर 

Leave a reply

HTML Tags are not supported

Post My Comment »