फेसबुकमा फोटो हाल्नुभन्दा पहिले सोच्नुहोस्, आपत पर्ला

९ भाद्र २०७४

banner

एजेन्सी। फेसबुक, ह्वाट्सएप वा यस्तै सामाजिक संजालका फोटो अपलोड गर्नुभन्दा पहिले हामीमध्ये धेरैले यसले भविष्यमा कुनै नकारात्मक प्रभाव पार्छ कि भन्नेबारे सोच्दैनौं । त्यसैले धेरैले निजी तस्वीर सामाजिक संजालमा पोष्ट गर्ने गर्छन् । तर, यी टिभी स्टारको बारेमा थाहा पाएपछि भने तपाइँले यसबारेमा पक्कै सोच्नुहुनेछ । 

ताइवानका टिभी स्टार जोसेफ ली आफ्नी १५ वर्षकी छोरीको जन्मदिन मनाउन मकाउ गएका थिए । उनले होटलमा उत्सवको बेला आफ्नी छोरीको ओठमा किस गरे । दुवै बाबुछोरी निकै खुसी देखिएका थिए । लीले यो फोटो सामाजिक संजाल भीभोमा राखे । त्यसपछि उनका विषयमा नकारात्मक कमेन्ट आउन थाले । धेरैले उनलाई निर्लज्ज र चरित्रहीन भनेर गाली गरे जसका कारण लीले आफ्नो एकाउण्ट नै बन्द गर्नुपर्ने अवस्था आयो । आफूले छोरीलाई मायाले किस गरेको भए पनि प्रयोगकर्ताले त्यसमा अश्लीलता देखेपछि लीले निकै दुःख व्यक्त गरेका छन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »