नेपाललाई पहिलो सफलता, महिनादिनमै पत्ता लगाए नेपाली खगोलविद्ले छवटा क्षुद्रग्रह

२४ फाल्गुन २०७३

banner

काठमाडौँ । नेपालका खगोलविद्ले पहिलो पटक छवटा क्षुद्रग्रह पत्ता लगाएका छन्। गत माघ ६ गतेदेखि फागुन ७ गतेसम्म सञ्चालित राष्ट्रव्यापी नेपाल क्षुद्रग्रह खोज अभियान-२०१७ अन्तर्गत पहिलोपटक छवटा क्षुद्रग्रह पत्ता लागेका हुन्। अभियानका लागि नेपालबाट पाँच टोली छनोट गरिएकामा चार टोली काठमाडौँका र एक टोली पोखराका भएको बताइएको छ।

अभियानका क्रममा सहभागी टोलीलाई अमेरिकाको हवाईस्थित पानोरामिक सर्वे टेलिस्कोप तथा रापिड रेस्पोन्स सिस्टम ९प्यान्स्टार्स०ले खिचेका तस्बिर तथा आवश्यक सफ्टवेयर र निर्देशन दिइएको थियो।

सोका आधारमा उनीहरुले यहीँ नै ती क्षुद्रग्रह पत्ता लगाएर अमेरिका पठाइएको हो। नेपाली विद्यार्थीले पत्ता लगाएका क्षुद्र ग्रहको नाम पी-१० वाईएलएफ ९, पी-१० वाईकेएक्सएच, पी-१० वाईकेजेड ५, पी-१० वाईओपीजेड, पी-१० वाईओक्यू र पी-१० वाईपीजेड रहेका छन्। सो खोज प्रमाणित हुन भने केही बर्ष पर्खनु पर्ने हुन्छ।

टोलीमा काठमाडौंको सेलिब्रेसन कोएड विद्यालयलगायतका विद्यार्थी तथा पोखराको पृथ्वीनारायण क्याम्पसका शिक्षक तथा विद्यार्थी र नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का क्लव मेम्बरहरु सहभागी थिए। खोज नयाँ र प्रमाणित भएमा ती क्षुद्रग्रहलाई नेपाली नाम पनि दिन सकिने सोसाइटीका अध्यक्ष सुरेश भटृराईले जानकारी दिए। यस अभियानबाट नेपाली विद्यार्थीमा पनि यस्ता अनुसन्धानप्रति लगाव बढ्ने उनले बताए।

अभियानका सहभागी टोलीले प्यान्स्टार्समार्फत प्राप्त तस्बिरमा भेटिएका लगभग एकलाख ८० हजार चलायमान पिण्डको परीक्षण गरेका थिए। प्यान्स्टार्सका हाल एक दशमलव आठ मिटरका दुईवटा टेलिस्कोप सञ्चालनमा छन्। मङ्गल र वृहस्पति ग्रहका बीचमा रहेका स–साना चट्टानका टुक्रा नै क्षुद्र ग्रह  हुन्। ती ग्रहले आ-आफ्नै कक्षमा सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन्। क्षुद्र ग्रहको आकार गोलो, चेप्टो, बाङ्गो–टिङ्गो जस्तो पनि हुन्छ।

मङ्गल र वृहस्पति ग्रहका बीचमा रहेका यस्ता ठूला क्षुद्र ग्रह पृथ्वीमा ठोक्किएमा ठूलो असर पर्ने खगोलविद्हरु बताउछन्। जीवको अन्त्यसमेत गर्ने सक्ने यी क्षुद्र ग्रहको अध्ययन निकै महत्वपूर्ण मानिएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »