पितृसत्तात्मक देश - शोभा आले मगर

२४ फाल्गुन २०७३

              गजल

पितृसत्तात्मक देश, अनि कुसंस्कारको बाहना।
कस्को पो हुन्छ यहाँ, दासी बन्ने चाहना।

बाउ आमकै इज्जत धान्न, सहेकी छिन दुखहरु
बिचरा भन्दै लोपा, खुवाउने अचेलको जमाना।

खस्छ आँसु रातैभर,बिछ्याउना भिज्ने गरि ।
सक्दिन केही गर्न, आँसु नझरे हुन्थ्यो भन्ने भावना।

पिडै पिडामा रुम्मलिएकी छौ नितान्त
तिमि
खै कसरी दिउ तिमिलाई नारी दिवसको शुभकामना????

शोभा आले मगर
ललितपुर

Leave a reply

HTML Tags are not supported

Post My Comment »