जब तिम्रो आँसुको महत्व हुँदैन - राकेश कार्की

२५ फाल्गुन २०७३

banner

गीत

जब तिम्रो आँसुको महत्व हुँदैन


जब तिम्रो आँसुको महत्व हुँदैन
बगिरहन्छ अविरल कसैलाई छुँदैन
अलि अलि माटोले लुकाइदेला
अलि अलि घामले सुकाइदेला

तिमी एक्लै हुन्छौ केवल तिम्रो मनमा
समाउदैनन् कसैले लडेपनि जीवनमा
आफ्नैलागि मात्र सबै तिम्रो कोही हुँदैन
जति रोउ आँसुको महत्व हुँदैन

के आशा खै र तिम्रो को छ र
खुसी हुनेहरू सबै तिमीदेखि पर
हाँस्नेसंग सबै तिमीसंग कोही रूँदैन
जति रोउ आँसुको महत्व हुँदैन

इन्जिनियर राकेश कार्की
    लस एन्जेलस

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »