अहो जय नारी! - कृष्ण रिमाल

२५ फाल्गुन २०७३

banner

गजल
अहो जय नारी!

श्रीष्टिको रचना गर्ने अहो जय नारी!
पुरुषमा पूर्णता भर्ने अहो जय नारी!

घरैस्वर्ग बनाइदिन्छौ कति शक्तिशाली,
प्रेमसुबास सदा छर्ने अहो जय नारी!

तिमि छैनौ जिबन छैन अधुरोछ संसार,
बिना तिमि श्रीष्टि मर्ने अहो जय नारी!

ठुस्किएर मस्किएर ठट्टा गर्दा पनि,
आइएम सरी भन्नुपर्ने अहो जय नारी!

संगै बजार मेला जाँदा हेर्दा ओरिपरि ,
रिसाएर आँखा तर्ने अहो जय नारी!

खराबनियत त्यागीबन जिम्मेवार प्यारी,
तिमिझर्दा संसार झर्ने अहो जय नारी!

Leave a reply

HTML Tags are not supported

Post My Comment »