संसारकै सस्तो फोरजी स्मार्टफोन 

२६ फाल्गुन २०७३

banner

काठमाडौं। कागागी मोबाइलले संसारको सबैभन्दा सस्तो फोरजी स्मार्टफोन लन्च गरेको छ। कम्पनीले अनाउन्समेन्ट गरेको छ ‘यसमो मूल्य झण्डै ५ हजार नेपाली रुपैयाँ पर्नेछ।’ यति कम रकममा पाइने यो सबैभन्दा सस्तो फोरजी फोन हुनेछ। यो फोन संसारभर कहीँ पनि किन्न सकिनेछ। यो फोनको प्रि बुकिङ सुरु भइसकेको छ। यो फोन मेटालिक फ्रेम र प्लाष्टिक बडीमा बनाइएको छ। यसमा एलइडि फ्ल्यासको साथमा रियर क्यामेरा छ। ५ इन्चको डिस्प्ले जडान गरिएको छ जसको रिज्योलुसन ७२० एचडी छ। २२०० एमएएचको ब्याट्री जडान गरिएको यो फोनमा ८ मेगापिक्सेलको रियर र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ। दुवै क्यामेरामा फ्ल्यास छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »