ती केटी - समीर बेल्बासे

६ फाल्गुन २०७३

banner

समीर बेल्बासे (न्युदिल्ली)

नचिनेको नै किन नहोस्, बिरानो ठाउँमा आफ्नो देशको मान्छे भेटेपछि छुट्टै आनन्द मिल्दो रहेछ। अस्ति त्यस्तै भयो।लालकिल्ला र ईन्डियागेटको अवलोकन पश्चात होस्टेल तर्फ लाग्दै थिए।समय साझँँको ७ः३० भैसकेको थियो। दिल्लीको मेट्रो रेलबाट बोटानीकल गार्डेनमा उत्रिएपछि ग्रेटर नोएडामा अवस्थित परिचोक भन्ने ठाउँमा जानका लागि बसस्ट्यान्ड तिर सोझिए ।   बस, परिचोकका लागि छुट्ने क्रममा थियो।  
बसको पछाडी अर्को बस देखिएन।   एक्कासी म मा आतुरता हाबी भयो।  परिचोकका लागि छुट्ने अन्तिम बस नै पो हो कि ? मनमा आतुरताको पिङ्ग बेस्सरी मच्चियो।

हतारिँँदै बसमा छिरे ।  एक त साझँँको समय अनि यता ईन्डिया तिर आइतबार सार्वजनिक बिदा हुनाले होला,  बसभित्र मान्छेको चाप अत्याधिक थियो ।  धन्न, खुट्टासम्म टेक्न मिल्ने ठाउँ बाँँकी थियो। खुस्रुक्क गएर सिटको साइडमा उभिए। अझ धेरै प्यासेन्जर मिल्छ्न् कि भनेर होला कन्ड्कटर कराउँदै थियो:  परिचोक  ।  परिचोक  ।  आइए भैया सिट खाली है अन्दर आइए,  भैया आइए ।

झुटको बेमौसमी खेती त कन्डक्टरले खुब मज्जाले गर्दै थियो ।  म हेरेको हेर्यै । त्यतिकैमा एउटी केटी बसभित्र छिरिन र मेरो छेवैमा आएर उभिइन ।  अब त्यसभन्दा धेरै मान्छे अटाउन सक्ने क्षमता बसमा थिएन । बस गुड्यो ।

भर्खर त हिड्यो गाडि, अझ आधा घन्टा जति लाग्छ होला परिचोक पुग्न थकीत आवाज निकाल्दै फोनमा कसैसंग  गुनगुनाईन उनी।

ए लौ, नेपाली पो रैछिन छेउकि केटि त । मनमनै आफै संग  भने ।

ईन्डिया आएपछि मैले धेरै नेपालीहरुलाई  यसरी नै बस र मेट्रो रेलमा यात्रा गर्दा भेटेको छु ।  कुरा भने कमै संग हुन्थ्यो ।  कुन्नी किन हो,  कोहि त कुरा गर्नै चहादैँनथे ।

छेउकी केटी संग कुराको सुरुवात पो कसरी गर्ने होला ? कुरा गर्न पनि केही विषय त चाहियो नि। त्यो पनि थाहा भएन। ह्या बरु कुरै नगर्यो आनन्द।  मनमनै कुरा खेलाईरहे।

खै कुन्नी एक्कासी के झोक आएछ,  मस्तिष्क र मन दुवैले उनी सङ्ग कुरा नगरि नछाड्ने  ढिपी गरें।
सहास जुटाएर सोधे  घर कता पर्यो नि हजुरको ?

मेरो बनेपा तिर। हजुरको नि ?  उनले भनिन्  ।

कपिलवस्तु , मैले भने ।

कुरा चलिनैरहदा रहदै कन्डक्टर भाडा उठाउदै आयो   । किराया निकालिए भैया कन्डकटर भन्दै थियो। पर्सबाट सयको नोट निकाले। ती केटीले पनि आफ्नो साइडब्याग खोतल्न लाग्दै थिइन्।

औपचारिकता निर्वाह गर्दै झ्याप्प भनिहाले, पर्दैन पर्दैन ।   भाडा म तिरीदिन्छु। पैसा ननिकाल्नु है ।

मेरो ठाउँमा अरुकोही हुन्थ्यो भनेपनि सायद त्यहि नै भन्थ्यो होला । त्यसैले ममा रहेको हार्दिकता देखाउन कुनै कसर बाकीँ राखिन । सकेसम्मको प्रयास गरें ।

प्रत्युत्तरमा भने उनले यसो भनिन् , यसो नगर्नुस है । म आफै तिर्छु । इन्डिया जस्तो ठाउँमा आएर तेसो भन्न अल्लि मिल्दैन । अझ नोटबन्दीको अनिकाल चलिरा बेला ।

उनको कुरा ठिकै लाग्यो मलाई । मोदिले गरेको नोटबन्दीबाट उनी ज्यादै प्रताडित भएकी रैछन भन्ने अनुमान गरे।

अचम्म त के भयो भन्दा, सयको नोट कन्डक्टरको हातमा थमाउदै, भैया दो लोग के भाडा काटिए पो भनिन् ।

आत्तिदै भने, लौ किन दिनुभाको हजुरले । म आफै तिर्थे नि। तपाईंले त आफ्नो कुराको ठाडै उल्लङ्घन गर्नुभयो त।

उनी मुस्कुराईन मात्र। केही बोलिनन्। कन्डक्टरले उनलाई टिकट थमाईदीयो ।  टिकटलाई होशियारीका साथ पकेटमा राखिन ।  टिकटले दिएको पीडा पनि सुनाउन भ्याइन। धेरै पहिले बसमा यसरीनै यात्रा गर्दा टिकट कटाईसकेपछी, के कामलाग्ला र अब भन्ने सोचेर च्यातेकि रहिछन्।  पछि टिकट चेकरले चेक गर्दा नभेटेपछी, डबल भाडा तिर्नुपरेको रहेछ।

मेरो बसभाडा उनले तिरिदिएकाले मलाई भने नराम्रो फिल भैरह्यो। आत्मग्ल...

Leave a reply

HTML Tags are not supported

Post My Comment »