नगर्नु भ्रुण हत्या - बाबु पन्थी

२६ फाल्गुन २०७३

banner

   कविता

नगर्नु भ्रुण हत्या 
 
नगर्नु  कोही बाबु आमा ।
त्यो भ्रुण हत्या छोरीको ।।
चुँडाई  जिवन  छोरीको ।
नबोक्नु  भारी  पापको ।।
 
नसोंच छोरा  बलवान ।
छोरी चैं कमजोर मानेर ।।
पासाड्ले देखाकी छन् ।
त्यो सगरमाथामा चढेर ।।
 
छोरी नै थिइन आमा उनी ।
तिमी लाई जन्म दिने पनी।।
नहुँदी हुन ती आमा छोरी ।
हुन्थ्यौ र काँहा तिमी पनी।।
 
छोरीले जन्म नलिए याँहा।
चल्दैन होला शृष्टी पनी।।
विन्ती छ नगर्नु भ्रुण हत्या।
छोरीको गर्भ भन्ने जानी ।।
 
बाबुराम पन्थी "गुल्मेली"
तम्घास गुल्मी

Leave a reply

HTML Tags are not supported

Post My Comment »