दैलेखमा पिसिआर मेसिनको उद्घाटन

डिसी नेपाल
१० असार २०७७ २१:५०

दैलेख । कोरोना सङ्क्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामै पिसिआर मेसिन जडान गरेर औपचारिक रुपमा पिसिआर जाँच गर्ने काम शुरु गरिएको छ । काठमाडौंँबाट आएको स्वास्थ्यकर्मीको टोलीले पिसिआर मेसिन जडान गरेपछि स्वास्थ्य राज्यमन्त्री नवराज रावतले त्यसको उद्घाटन गरे ।

दैलेखको पशु अस्पताल तथा पशुसेवा कार्यालय परिसरमा मेसिन राख्नका लागि नयाँ भवन निर्माण गरिएको छ । प्रयोगशाला भवन र पिसिआर मेसिनको एकै पटक उद्घाटन गरिएको हो ।

सो अवसरमा राज्यमन्त्री नवराज रावतले कर्णालीका तीन वटै यन्त्र सञ्चालनमा सरकारले सहयोग गर्ने बताउँदै स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न सुझाव दिए । राज्यमन्त्री रावतले पिसिआर जाँचका लागि आवश्यक पर्ने जनशक्तिका लागि तत्काल टेकु अस्पतालमा ताली प्रदान भइरहेकाले दैलेखबाट पनि तालीममा पठाउन आग्रह गरे ।

सङ्घीय सांसद रवीन्द्रराज शर्माले आफ्नो निर्वाचन क्षेत्र विकासको रु एक करोड ६ लाखबाट यन्त्र खरीद गरिएको नेपालको पहिलो उदाहरण भएको जिकिर गर्दै यन्त्रको प्रभावकारी सञ्चालनका लागि दैलेखका सबै स्थानीय तह, केन्द्र र प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुनुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *