आज साउन १७ गते शनिवार, हेर्नुहाेस् आजकाे राशिफल

डिसी नेपाल
१७ साउन २०७७ ६:४७

आज मिति २०७७ साल श्रावण १७ गते शनिबार । सन् २०२० अगष्ट १ । प्रमादी नाम संम्बत्सर । वर्षा ऋतु । सूर्य दक्षिणायन ।श्रावण शुक्ल पक्षकाे त्रयाेदशी तिथि । मूल नक्षत्र । चन्द्रमा आज धनु राशिमा। काठमाडौंमा सूर्याेदय बिहान ५:२७ सूर्यास्त बेलुकी ६:५१। आज शनिप्रदाेष व्रत।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  वैदेशिक क्षेत्रमा गरिएका कार्य सफलहुने देखेएकाे छ । लामाे तथा व्यवसायीक यात्राको याेग रहेकाे छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) जीवन साथिबाट सहयाेगकाे अपेक्षा रहने छ। अन्न दान गराएमा लक्ष्मीकाे आशिर्वाद प्राप्त हुने छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  पुरानाे कामकाे याेजना बनाउने समय रहेकाले कार्य गर्दा सफलता हुने देखिएकाे छ। याेजना पूर्ण नहुन्जेल गाेप्य राख्नुहाेस् शुभ रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  मातापितासँग सल्लाह गरेर गरिएको कार्यबाट सफलता मिल्ने याेग रहेकाे छ। कुनैपनि निर्णय लिँदा साेचविचार गर्नुहाेला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  याेजना गरिका कामहरुबाट सफलता प्राप्त हुँदै जाने छ। नयाँ सम्बन्धकाे कुरा आउने सम्भावना रहेकाे छ। पिता गुरुकाे आशिर्वाद लिएर गरिएका कार्य सफल रहने छन्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) छालाको समस्या देखापर्न सक्ने भएकाले निलाे र  कालाे रंगकाे प्रयाेग नगर्नु भए नै राम्राे रहने छ। बाेलिकाे विपरीत अर्थ लाग्न सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)  अडिक रहनाले सफलता साेचेभन्दा चाडै नै हुने छ । याेग्य सुचना हराउन तथा चाेरि हुन सक्ने भएकाले सावधानी अपनाउनु पर्ने देखिएकाे छ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)  तनाब लिने बानीका कारणबाट स्वस्थ्यमा समस्या देखापर्ने  छ।  सेताे तथा राताे रंग धेरै प्रयाेग गरेमा केही भएपनि राम्राे हुने छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  सामान्य रुपमा हड्डीकाे समस्या देखापर्ने हुँदा विशेष माछामासु नखानु भए नै राम्राे हुने छ । लामाे यात्राको याेग रहेकाे छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  बाेलिकाे प्रभावले गर्दा कार्य सफल हुने याेग रहेकाे छ । अरुले छाेडेर गएकाे कार्य पुरा गर्नु पर्ने देखिएकाे छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)  सम्मानित हुने याेग रहेकाे छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  अरुले गरेकाे कार्य दाेहाेरायर गर्नु पर्ने याेग रहेकाे छ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

ज्याैतिष तथा वास्तुशास्त्री :  सुरेश चन्द्र रिजाल,  ९८५१०६११२४ 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *