आजको राशिफल - मिति २०७३ साल चैत २ गते तृतीया तिथि बुधवार

२ चैत्र २०७३

banner

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। सुमधुर दाम्पत्यले मन प्रफुल्लित हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। अधिकारका लागि जुट्नुपर्ला। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। योजना सम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। लामो यात्रा व्यवस्थापन गर्न खर्च बढ्नेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। तापनि, मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट मनग्गे लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। बलभन्दा बुद्धिको उपयोग लाभदायक रहनेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। मान्यजनसँग असमझदारी बढ्न सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। ईर्ष्या गर्नेहरूले सताए पनि परिस्थितिले आफ्नै पक्ष लिनेछ। प्रतिस्पर्धा गर्नेहरूले हार खानेछन् भने आस मारेको कामले उत्साह जगाउनेछ। प्रारम्भ संघर्षपूर्ण रहे पनि अन्तिम नतिजा राम्रो हुनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले काममा जुट्न नसकिएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यावसायिक काममा कम मात्र फल प्राप्त हुनेछ। सेवामूलक काम सम्पादन हुन सक्छ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अधैर्य व्यवहारले समस्या निम्त्याउला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। मौका आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। मिहिनेत गर्दा रोकिएको काम बनाउन सकिनेछ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा हुने देखिन्छ। पहिलेको योजना स्थगित हुनेछ भने नयाँ योजना बनाउँदैमा समय बित्न सक्छ। आगन्तुकले अलमल्याउन सक्छन्। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। सानो त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। पहिलेका चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मिहिनेतले आम्दानी बढाउनेछ। सानो प्रयत्न गर्दा ठूलो परिमाणमा लाभ हुनेछ। सहयोगीहरू जुट्नाले दिन उत्साहवर्द्धक रहला। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य धन आर्जन हुनेछ। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्न सक्छ। आस देखाउनेहरूले धोका दिन सक्छन्। काममाथि अरूको निगरानी हुन सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा कम मात्र फाइदा उठाउन सकिनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आफन्तले सहयोगको तत्परता देखाउनेछन्। मिहिनेत गर्दा भाग्यले विभिन्न अवसर जुराउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। अरूको मन जित्ने प्रयास गर्नुहोला, पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बिग्रन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »