मंसिर २३ देखि २९ गते सम्मको साप्ताहिक राशिफल

२३ मङ्सिर २०७४

banner

जोतिषाचार्य : भानुराज अर्याल
मेष
बोलिको प्रभाब कम हुनेछ भने व्यर्थको चिन्ताले सताउने छ । तर आईतवार देखि परिस्थिती राम्रो हुनेछ । अरुको कमजोरीबाट फाईदा लिन सकिनेछ । तैपनि सूर्य अष्ठम रहेकोले काममा झन्झटहरु आउनेछन । साझेदारीमा अविश्वासको संकट आउन सक्छ । तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। सन्तानका तर्फबाट नसोचिएको झन्झट आउन सक्ने हुनाले ध्यानदिनु आवश्यक छ । घरमा उत्तेजित भएमा निकै अशान्ती हुनसक्छ तसर्थ स्वबिवेकके काम गर्नु होला । जीवनसाथीसंग केही मनमुटाव होला । बेकारको यात्राबाट बच्नुहोला र पेट अपचले अलि दुखदिन सक्छ। 

बृष
खराब साथीहरुको संगतले काम बिग्रन सक्छ । घरपरवारमा बढेको जिम्मेदारी र आम्दानीको कमीले नैराश्यता ल्याउला। परिवारको सरसहयोगले घरमा जमघट भने भैरहला । वाहनसुख पनि प्राप्तहोला । व्यवसायका लागि बेकारको दौडधुप र हरेक काममा बढि मिहेनत गर्नुपर्नाले खिन्नता होला । धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। तापनि मनमा बढेको उत्साहले फाईदा लिन सकेन्छ। तर अरुको कुरा सुनेमा घरमा मनमुटाव होला । मनपेटका साथीभाईले भने राम्रै सहयोग गर्नेछन । दिर्धकालिन लगानी गर्ने समय छ। पेटमा समस्या आउनसक्ने भएकोले खानपानमा सजग रहनुहोला । जीवनसाथी संग मनोमालिन्य बढन सक्छ तसर्थ क्रोधलाई नियन्त्रण गर्नुहोला।

मिथुन
साताको शुरुमा काम सजिलै बनेपनि मंगलवार देखि परिस्थिती प्रतिकुल बन्ला तसर्थ होसियार रहनुहोला । स्वास्थ्य खानपानमा सजग नबने बिग्रन सक्छ। मनमा पुराना कुरा अशान्त बनिएला। तपाँइको आलोचकहरुले कुरा काटनेछन। साझेदारहरु बिच विश्वासको संकट आउन सक्छ र बेगारीमा पनि काम गर्नु पर्ने परिस्थिती बन्नेछ। शत्रु परास्त्र गर्ने छिट्टै नै सकिने हुनाले नआत्तिनु होला। औषधी उपचारमा खर्च बढ्ने देखिन्छ। जीवनसाथीको स्वास्थ्य र सम्बन्धलाइ अलिबढी ध्यानदिनु आवश्यक छ। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पेटको समस्याबाट बच्न खानपानमा सजग रहनुहोला।

कर्कट
साताको शुरुमा सबै राम्रै रहला तर बुधवार देखि भने सचेत रहेर काम गर्नुहोला । मनमा बढिरहेको अतिउत्साहले तपाँईलाई दिर्घकालमा घाटाहुन सक्छ । तसर्थ लगानी गर्दा र नयाँ योजना सोचबिचार गरेर मात्र शुरु गर्नुहोला । सन्तानको मद्दतले काम बनाउन सकिनेछ । लगनशील भएर काम गर्नाले सफलता पाईनेछ। लग्नमा बसेको राहूले मनोद्वेग बढाउला, बादविबाद गराउला तसर्थ सावधान रहनु होला। परिवारमा भने खुसीकै माहोल रहला । तापनी सन्तानको क्रोधले घरमा अशान्ती हुनसक्छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। जीवनसाथीसंगको मनमुटावलाई कम गर्ने कोशिस गर्नु उचित हुनेछ । 

सिंह
मनस्थीति अलिक कमजोर रहनाले आवश्यक काममा पनि विलम्ब हुनेछ । घरमा पनि केही तनावो स्थिती रहनसक्ला तर इष्टमित्र जमघटले रमाइलो गराउला । आम्दानी राम्रै रहने छ । सन्तानको पक्षमा अलि ध्यान पुर्याउनु पर्ला । बढेको खर्च कम गर्ने उपाय वा आम्दानी बढाउनु जरुरी छ । बुघवार देखि समय केही सुध्रनेछ । दिघर्कालिन योजनालाई मुर्तरुप दिने बेला भएको छ । दाजुभाई बिचमा केही बैमनश्यता बढला र स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ । व्यवसायमा प्रतिस्पर्धा गर्नु परेता पनि कामको प्रसंशा अवश्य नै हुनेछ । घरका महिलावर्गको स्वास्थ्यमा अलिक सजग रहनुहोला । सन्तान पक्षबाट केहि खिन्नता होला । 

कन्या
शुरुमा परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याए पनि अब स्थिती अनुकुल बन्नेछ । पहिला गरेका कामबाट फाइदा उठाउने समय भएकोले आफ्नो प्रयत्न गर्नुहोला । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सहयोगीहरूको भर पर्दा दु:ख पाइनेछ। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्न सक्छ। आमाको स्वास्थ्य र घरको खिचलोले मनमा खिन्नता बढाउन सक्छ । चौथो स्थानमा रहेको शनीले अल्छि बनाउन सक्छ तसर्थ सामान्य कसरथ गर्दा राम्रो होला । उद्योगधन्दा अनि राजनैतिक संयन्त्रबाट फाईदा होला । पैत्रीक सम्पत्तिमा विवाद वा भागबन्डा हुनसक्छ । आफूभन्दा सानाको सफलता र प्रगतिका कुरा सुन्न पाईएला।   

तुला
समयले राम्रै साथ दिएकाले कठिन काम पनि गर्ने सकिनेछ । बोलिको प्रभाव बढ्ने छ । तर लोकाचारका लागि मन नपर्ने काममा समेत जुट्नुपर्ला। पहिले गरिरहेको काममा निकै दक्षता आउला र प्रशंसित भइएला । काममा पदोन्नति वा स्थानान्तरणको अवसर पनि आउने छ। घरतिरका साथीभाई टाढिन सक्ने भएकोले साथीभाईलाई पनि समय दिनु होला । दाम्पत्य सुखमा रमाउने समय छ। मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चालु बन्नेछ। अर्थअभावले सताउन सक्छ। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। प्रतिस्पर्धीसँग सम्झौता गर्नुपर्ला।

बृश्चिक
दोस्रो स्थानमा बसेको शनीले सम्पत्तिमा विवाद ल्यानेछ भने आफन्तहरु टाढिनेछन् । शारिरिक अश्वस्थताले गर्दा नैराश्यता छाउला। समय कमजोर भएकोले संयमता अपनाउनु जरुरी छ। सानोतिनो भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। रोकिएका काम बनाउन ठुलै प्रयत्न गर्नु पर्ने छ । निर्णय क्षमता कमजोर बन्न सक्छ। उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। छोटो विदेश यात्राले मनामा प्रशन्नता देला। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। खर्च नियन्त्रण गरे आफैलाई फाइदा हुनेछ । घाँटि तथा मुखको स्वास्थ्य प्रति धैरै नै सजग रहनु होला।

धनु
बोलिको प्रभाव बढाउन मेहनत गर्नु पर्ने देखिन्छ। अथक प्रयास र धैर्य गर्नाले मात्रै कामको प्रतिफल पाईने छ । सरकारी निकायबाट सहयोग नपाईनाले सोचे अनुरुप कार्य सम्पादन हुने छैन्। लगानि अनुसार र सोचे अनुरुप फाईदा हुनेछैन ।  पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ। स्वास्थ्यमा देखिएको कमजोरीले चिताएका काममा बाधा हुनेछ। अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। व्यापार–व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। बढेको खर्च नियन्त्रण गर्न निकै मिहेनत गर्नु पर्ने देखिन्छ । मातापिताको स्वास्थ्यका बारेमा ध्यान दिन जरुरी छ।

मकर
मनमा दुबिधा रहेपनि अध्ययन अध्यापनमा राम्रो हुने समय छ। अरूको सुझावमा भर नपर्नुहोला। तपाँईको शिप तथा दक्षताको प्रशंसा हुने छ भने पदोन्नतिको संभावना प्रवल छ । बिदेशयात्राको लागि समय उत्तम छ। मन मोजमज्जमा बढी रमाउला । लाभका हुसाबले यो समय धेरै राम्रो छ तापनि बढेको खर्च, बिलासी शोखले बचत अलि कम हुन सक्छ। नयाँ व्यवसाय शुरु गर्ने र पहिले भैरहेको व्यवसाय बढाउन यो समय उत्तम छ । साझेदार संग अलि सजग रहनुहोला । परिवारिक खिचलोले मनमा दिक्दारी ल्याउला भने जीवनसाथी फेरिरहने मनस्थिती (Mood Swing) र उत्तेजित मनोवृत्तिले केहि असहज महशुस गर्ने सम्बावना छ। 

कुम्भ
राजनितीमा लागेका व्यक्तिहरुका लागि निकै राम्रो समय छ । सफलता पाईने संभावना प्रवल छ । पदोन्नति हुनुका साथै पुरस्कार प्रशंसा पाईनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापार व्यवसायबाट सोचेअनुरुपै फाईदा हुनेछ। 

मिन
अरूको विषयमा चासो राख्दा व्यर्थैमा वादविवाद हुन सक्छ। अर्थ अभावले काम रोकिने सम्भावना छ। साथीभाइको भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मानसम्मानमा आघात पुग्न सक्छ। धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। घरका सदश्य बिशेषगरि आमाको सहयोगले अफ्ठ्यारो स्थितीबाट निस्कन सकिनेछ। बुधवार र बिहीबार मनमा नैराश्यता आउने छ। बोली-व्यवहारमा सजग रहनुहोला। जग्गाजमिन र  सम्पत्तिको कुरामा केही झमेला आउन सक्छ। सवारीसाधन प्रयोग गर्दा ध्यानदिनु होला। 

जोतिषबारे थप जानकारीका लागि तलको ठेगानामा सम्पर्क राख्न सक्नुहुनेछ :

Leave a reply

HTML Tags are not supported

Post My Comment »