पर्खेर बस्थ्यो मिर्मिरेमै

२४ मङ्सिर २०७४

banner

विजय शिवाकाेटी

पर्खेर बस्थ्यो मिर्मिरेमै
मलाइ त्यो देऊराली
भेट्नलाई पुग्थें एक पटक सधैं
बर पीपल चौतारी

ब्यस्तताबीच सम्झेर देश, म रुन्छु  हतारमा
मनमनै पुग्छु त्यो हिलो खेतमा म पन्ध्र असारमा
भाग्यले जहाँ पुर्‍याए पनि
म  हुँ त्यही नेपाली

झुल्कियो होला नेपाली घाम, नेपाली आकाशमा
फूलेका  होलान् नेपाली विश्वास, लाली गुराँसमा
बगेको नै छन्  अबिरल मनमा
मेची र महाकाली

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »