लघुकथा समाजद्वारा दाताको कदर

२५ मङ्सिर २०७४

banner

काठमाडौं। लघुकथा समाज नेपालले २०७४ सालमा प्रकाशित लघुकथाहरुको संग्रह आजका लघुकथाको प्रकाशनका लागि आर्थिक सहयोग गर्ने युवा समाजसेवी वीरबहादुर राईलाई आइतबार एक कार्यक्रमको आयोजना गरी सम्मान गर्दै कदरपत्र प्रदान गरेको छ।

विगत आठ वर्षदेखि संयुक्त अरब इमरेड्समा रही वैदेशिक रोजगारीमा संलग्न राईले आफ्नो थाँतथलो खोटाङ तिर समाजसेवा समेत गर्दै आएका छन् । कार्यक्रममा राईले आफूले लघुकथा समाजलाई आगामी दिनहरुमा पनि सहयोग गर्ने बताए । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले वीरबहादुर राईको सहयोग अतुलनीय रहेको उल्लेख गरे।

कार्यक्रममा लघकथाकारहरु सुमन सौरभ, तुलसीहरि कोइराला, श्रीराम राई, सुष्मा मानन्धर, सिन्धु गौतम, धु्रब मधिकर्मी, त्रिभुवनचन्द्र वाग्लेले लघुकथा वाचन गरेका थिए भने वाचित लघुकथाहरुमाथि समालोचक डा. लक्ष्मण गौतमले समीक्षात्मक टिप्पणी गरेका थिए ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »