वैदेशिक रोजगारसँगै मृत्युले दिएको पीडा

२ चैत्र २०७३

banner

तपाइँ कुन देशको नागरिक हो ?
म नेपाली नागरिक ।

जीवनमा के गर्न चाहान्छौं ?
खुसी परिवार र समृद्ध राष्ट्र बनाउँन चाहान्छु ।
त्यो सपना पुरा गर्नको लागि आफ्नै देशमा बस्नु पर्दछ । आफु जन्मेको र हुर्केको देशसँग छुट्टै नाता हुन्छ, त्यो नाताबाट विछोडिनुको पीडा कति दर्दनाक हुन्छ, त्यो त जसले भोगेको छ, त्यसलाई मात्र थाहा हुन्छ ।

त्यसो भए  हाम्रो  देशमा किन आएको ?
बाध्यताले भनौ की रहले भनौं, जसको उत्तर म बाट कहिल्यै पाउने आशा नगर्नु । यहाँ आएर तिम्रो इच्छा पुरा हुदैन । मनदेखि जे सोचेका छौं, त्यो पूरा गर्नको लागि आफ्नै देश हुनुपर्दछ । केही काम गर्न आफ्नो देशमा सवैको साथ पाउँछौं । मृत्यु हुँदा पनि आफ्नै जन्मभूमिमा हुन्छौं । नेपाल जस्तो सुन्दर देश र सहयोगी भावना भएका नागरिक कुनै देशमा पाउँदैनौं । नेपाली हुनुमा गौरव गर ! विश्वका लागि नेपाल स्वर्ग नै हो । कहिल्यै आफ्नो पहिचान नभुल ।

एका विहानै दुई पक्षबीच चिया पिउँदै गरेको समयमा  एक विदेशी नागरिकले नेपालीलाई प्रश्नसँगै दिएको सल्लाह सुझावको संक्षिप्त अंश हो, यो । विदेशीले यसो भनिरहँदा उसको अनुहारमा परिवर्तन आईसकेको थियो । कलकलाउँदो उम्मेर र आकर्षक चेहेरा भएका युवाको अनुहार केही छिन मै निलो र कालोमा परिणत भयोे । आँखाबाट आँशुको भेल वगाउँदै निन्याउरो अनुहार बनाएको छ । सादय एउटा विदेशीले बोलेको वाक्यांशले उसको जीवन अन्तिम विन्दुमा पुग्ने संकेत गरिरहेको छ । तन विदेशमा भएपनि मन स्वदेशमा पुगेको छ । घरपरिवार र देशको सपनामा डुब्लुक्क डुवेको छ । साथिले बोलाउँदा पनि बोल्दैन । एकोहोरो भईरहेको छ । जसको अगाडी पछाडी कोही छैन । उ एक्लै छ । केही समय पछि उ सरासर कोठामा आउँछ । त्यहाँ आएपनि उसको मन अनेकौ कुराहरु खेल्न थाल्छन । कोठाका भित्ता सवै चहार्छ । कसैसित बोल्न र मनमा लागेका कुराहरु अभिब्यक्त गर्न चाहान्छ । तर सम्वभ छैन । किन की कोठामा उ एक्लै वस्ने गरेको छ । कुरा गर्नको लागि सर÷समानहरु मात्र छन । उनीहरु सबै निर्जीव छन । बोल्न सक्दैनन् । ऊ चाहन्न मलाई कसैले सम्झाईदिए पनि हुने थियो । अह सोचेको जस्तो भएन । मन बहलिएर आएको छ ।

मालिको रुखो बचन
एकछिन पछि उसको दृष्टि हातमा बाँधेको घडीमा पुग्छ । घडीको सुई आफ्नै रफ्तारमा अघि बढीरहेको छ । उसको डियुटी जाने समय भएको छ । हतपत गरेर भोकै ऊ काम गर्न जान्छ । मानसिक पीडाले गर्दा उसलाई थकान लागेको छ । हिड्दा काम गर्ने स्थानमा समय मै पुदैन । मालिकले तोकेको समयमा नआएको भन्दैं रिसाउँछ । भोलिदेखि जे मन लाग्छ त्यहि गर !  मेरो काम गर्न आउँनु पदैन । पैसा दियो भने जति पनि काम गर्ने मानिस आउँछन । हामीलाई कम्पनीले जे भन्यौं त्यहि पु-याउने मानिसहरु चाहिएको हो । मालिकको यो रुखो बचनले मन खिन्न हुन्छ । नरमाईलो मान्दै आफ्नो डियुटी पुरा गरी पुनः कोठामा आउँछ ।

सोचेजस्तो हुन्न जिवन
दिनभरीको चारतिरको दबाव र तनावले केही सोच्न पनि सक्दैन । विहानदेखि केही नखाएपनि उसलाई साँझसम्म भोक लागेको हुँदैन । सोच्दा र वस्दा आधा रात वितिसकेको हुन्छ । वाहिर निस्किएर हेर्छ सवै सुनशान हुन्छ । भित्र कोठामा जान्छ एक्लै हुन्छ । धेरै समय पछि सुत्नको लागि विस्तारामा जान्छ । निन्द्रा आउँदैन, विहान देखि साँझसम्म गरेका क्रियाकलाप र भोगेको जीवनको समिक्षा गर्छ । अनि सम्झन्छ, घरपरिवार, इष्टभित्र, दाजुभाई, दिदिवहिनी, गाउँ समाज, विदेश आउँला लागेको ऋण । जिवन सोचेको जस्तो हुदैन ।  भोगेको जस्तो हुन्छ ।  फर्केर स्वदेश जानलाई लाखौं खर्च गरेर गएको छ । घरमा फर्किएर जाउ भने, छोरा विदेशमा छ ।  हजारौं तलव खान्छ । अवत वसि-वसि खाने र राम्रो लाउने हो भनेर खुवै शासन दिएका थियौं  । देख्यौं त छोराको तमसा ? भन्ने होलान्। के मुख लिएर जाऔं घरमा ? आफ्नै जीन्दगीलाई धिर्काछ ऊ । सवै कुरा सोच्दा आफुलाई चित्त बुझाउने कहै कतैबाट ठाउँ पाउँदैन । अन्ततमा उसको हृदयघातका कारण मृत्यु हुन्छ।

सपनाको पछाडि दौडिदा-दौडिदैं जीवन त्याग गरेको छ उसले । उसको मृत्युको खबर महिनौ दिन पछि आफन्तले पाउँछन । झन्झटिलो कानुनी प्रक्रियाले र खर्चिलो पनले गर्दा उसको मृत शरिर स्वदेशमा आईपुग्छ । घरपरिवारमा आफन्त सवैको रुवावासी हुन्छ । विधिगत रुपमा सवै प्रक्रिया पु-याई दाहासंस्कार गरी काजकिरीया गरिन्छ । यसरी संसारबाट एउटा नेपालीको जीवन काहानी समाप्त हुन्छ । मर्ने त मरिगयो तर बाँचेका आफन्तहरु पीडाले छट्पटिन्छन् ।

प्रेमबहादुर शाही


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »