पौष १ गतेदेखि ७ गतेसम्मको साप्ताहिक राशिफल

१ पौष २०७४

banner

जोतिषाचार्य : भानुराज अर्याल

मेष

साताको सुरुमा मन नकारात्मक कुरमा जाने र व्यर्थको भयले सताउने सम्भावना छ । गलतकुरामा पनि जोखिम लिन मन लाग्नेछ । साथीभाई आफ्नतबाट अपमानित हुनुपर्ला । केही आर्थिक अभावले पनि सताउला । तर मंगलवार देखि परिस्थिती राम्रो हुनेछ । काममा उत्तरदायीत्व बढ्नेछ । साथीभाईलाई सहयोग गर्ने अवसर पनि आउला । मांगलिक तथा धार्मिक कार्यक्रममा सहभागी भइएला । कामका बारेमा साझेदारीहरु बिचको अविश्वासको संकट भैरहने छ । तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। बेकारको यात्राबाट बच्नुहोला र पेट अपचले अलि दुखदिन सक्छ। पेसाकर्मीहरुको पदोन्नति हुने सम्भाबना प्रबल छ। 

बृष
मन लगाएर काम गर्दा ठुलो उपलब्धी हासिल गर्ने सकिनेछ । जिम्मेवारी निकै बढेको अनुभव हुनेछ । शत्रु परास्त्र गर्न सकिनेछ भने ऋणबाट केहि मात्रामा भए पनि राहत महशुस हुनेछ । खराब साथीहरुको संगतबाट बच्नु होला । बढेको आम्दानीलाई बचतमा बदल्न अलि समय लाग्नेछ । साथीभाईहरुको घरमा हुने जमघटहरुले मनमा आनन्द देला । साताको उत्तरार्धमा व्यवसायमा निकै मिहेनत गर्नुपर्ला । पारिवारि अशान्ति यो महिनाभर नै बढ्ने हुनाले सावधान हुनु होला । मातापिताको स्वास्थ्य स्थिती निकै बिग्रन सक्छ तसर्थ समयमै सावधानि अपनाउनु होला । मन रहेको उत्साहमा कमी आउन नदिनुहोला। नत्र मनमा विगत र असफलताका कुराले नैराश्यता ल्याउला । बिहीबार देखी केही राहत होला। 

मिथुन
साताको शुरुमा अरुको कमजोरीबाट पाईदा लिन सकिनेछ । दाम्पत्य जीवनमा पनि केहीहद सम्म सुख हुनेछ । तर साताको उत्तर्धमा अरुले ठग्न सक्ने र आफ्नो कमजोरीले घाटा हुनसक्ने हुनाले होसियार रहनुहोला । खानपानमा सजग नबने स्वास्थ्य बिग्रन सक्छ । तपाँइको आलोचकहरुले कुरा काटनेछन। अरुको गलत सल्लाह मान्नाले ब्यापार व्यवसायमा संकट आउन सक्छ । जीवनसाथी संग यो महिनाभरि नै मनमुटाब तथा बिबाद हुन सक्ने हुनाले सजग रहनुहोला । बढ्को क्रोधलाई नियन्त्रण गरेमा मात्रै पनि परिस्थिती बेकाबु बन्ने छैन्। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। 

कर्कट
साता राम्रै संग बित्नेछ  । अतिउत्साहले तपाँईलाई दिर्घकालमा घाटाहुन सक्छ मनलाई नियन्त्रिणमा राख्नुहोला । सन्तानको मद्दतले काम बनाउन सकिनेछ । तपाँईका कुराकाटनेहरु सबै निश्तेज हुनेछन । रोगऋणबाट मुक्त हुन सकिने छ । यो महिना लगनशील भएर काम गर्नाले सफलता पाईने संभावना प्रवल छ । लग्नमा बसेको राहूले मनोद्वेग बढाउला, बादविबाद गराउला तसर्थ सावधान रहनु होला। परिवारमा भने खुसीकै माहोल रहला । सन्तानको प्रगतिका कुराले मनमा हर्ष बढाउला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला।

सिंह
परिस्थिती अनुकुल हुँदै गए पनि बुद्धि नपुग्दा मानसिक भ्रम हुनसक्छ । सन्तानको स्वास्थ्यस्थिती बिग्रनाले मनमा झन्झट महशुस हुनसक्ला । मनस्थीति अलिक कमजोर रहनाले आवश्यक काममा पनि विलम्ब हुनेछ । पारिवारिक जमघटले भने केहि रमाइलो गराउला । आम्दानी राम्रै रहने छ । खर्च कम गर्ने उपाय अपनाउँदा आफैंलाई राम्रो हुने छ । सरकारी कर, सुविधाहरुको शुल्क समयमै नतिर्दा दण्ड जरिवानामा परिएला । सवारी नियम राम्ररी पालन गर्नुहोला । दाजुभाई बिचमा सम्पत्तिको कुरामा केही विवाद आउन सक्छ । व्यवसायमा प्रतिस्पर्धा गर्नु परेता पनि कामको प्रसंशा अवश्य नै हुनेछ । घरका महिलावर्गको स्वास्थ्यमा अलिक सजग रहनुहोला । 

कन्या
बचत बढाउने ध्याउन्नले गलत काममा मन जानेछ तापनि दोस्रो स्थानमा संगै बसेको गुरुले राम्रै तरिकाबाट पनि सम्पत्ति जोडिनेछ । साथीहरुको सहयोगले ठुलै काम गर्न मन जानेछ । कामको सिलसिलामा सानोतिनो यात्रा पनि सम्भव छ आमाको स्वास्थ्य र घरको खिचलोले मनमा खिन्नता बढाउन सक्छ । चौथो स्थानमा रहेको शनीले अल्छि बनाउन सक्छ तसर्थ सामान्य कसरथ गर्दा राम्रो होला । उद्योगधन्दा अनि राजनैतिक संयन्त्रबाट फाईदा होला । पैत्रीक सम्पत्तिमा विवाद वा भागबन्डा हुनसक्छ । आफूभन्दा सानाको सफलता र प्रगतिका कुरा सुन्न पाईएला । सन्तान पक्षबाट केही खिन्नता अनुभव होला। 

तुला
सम्पति जोडने राम्रो समय छ । समयले राम्रै साथ दिएकाले कठिन काम पनि गर्ने सकिनेछ तर बोल्दा होसियार रहनु छ । आफुले सोचे जसरी काम गर्न भने मंगलवार देखी मात्रै संभव होला ।  पहिले गरिरहेको काममा निकै दक्षता आउला । काममा पदोन्नति वा स्थानान्तरणको अवसर पनि आउने छ । साथीभाई बिच झगडा पर्ने तथा टाढिन सक्ने  भएकोले साथीभाईलाई पनि समय दिनु होला । दाम्पत्य सुखमा रमाउने समय छ। मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चालु बन्नेछ। अर्थअभावले सताउन सक्छ। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। यो महिनाभर घरमा तनाव तथा खिचलो पर्ने सक्ने हुनाले सजगता अपनाउनु होला ।
 
बृश्चिक
व्यर्थको विवादले मानसिक तिक्तता होला तसर्थ बोल्दा बिचार पुर्याउनु होला । सम्पतिका कुरामा विवाद हुन सक्ने छ भने आफन्तहरु टाढिनेछन् । समय अनुकुल नहुनाले कामहरु दोहोर्याएर गर्नुपर्ला । छुच्चो बोल्नाले बानेको काम पनि बिग्रने छ भने घाँटि तथा आँखामा किही समस्या आउन सक्छ तसर्थ चनाखो रहनुहोला । समय कमजोर भएकोले संयमता अपनाउनु जरुरी छ । सानोतिनो भौतिक साधन जुट्नेछन् । शत्रुहरू बिस्तारै पराजित हुनेछन् । रोकिएका काम बनाउन ठुलै प्रयत्न गर्नु पर्ने छ । निर्णय क्षमता कमजोर बन्न सक्छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। छोटो विदेश यात्राले मनामा प्रशन्नता देला। खर्च नियन्त्रण नगरे आफैंलाई तनाव हुनेछ । ठुला निर्णय तथा योजनाहरु १ महिना पछिका लागि सार्दा राम्रो होला ।

धनु
मनमा प्रसस्त दुबिधा रहनाले कमजोर महशुस गरिनेछ । मनमा नैराश्यताका कुराहरु आउनेछन । भाग्यले गर्दा कामको प्रतिफल भने पाईन सकिनेछ । सोमवार देखि केही राहत मसशुस हुनेछ । आम्दानीको पाटो केही मजबुत भएपनि मोजमज्जामा बढी ध्यान जाने हुनाले खर्च घटाउने निकै मेहनत गर्नु पर्ला । बैदेशीक व्यापारमा लागेकाहरुलाई भने राम्रै अवसर आउन सक्छ ।  स्वास्थ्यमा देखिएको कमजोरीले चिताएका काममा बाधा हुनेछ। अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ।  मातापिताको स्वास्थ्यका बारेमा ध्यान दिन जरुरी छ । बैवाहिक जीवनमा मधुरता ल्याउन क्रोध नियन्त्रणका साथै जीवन साथीको मनोभाव बुझ्नु पानि जरुरी छ । 

मकर
अध्ययन अध्यापनमा राम्रो हुने समय भएकोले अरु प्रयास गर्नुहोस। बैदेशिक व्यवसाय, अस्पताल प्रतिस्पर्धि व्ञवसाय हरिरहनु भएकाहरुका लगु समय उत्तम रहने छ। शिप तथा दक्षतले प्रसस्त प्रशंसा पाउने छ भने पदोन्नतिको संभावना प्रवल छ । बिदेशयात्राको लागि समय उत्तम छ। मन मोजमज्जमा बढी रमाउला । जति काम गर्यो त्यति लाभ हुनेहुनाले बढी परिश्रम गर्दा राम्रो होला। बिलासी शोखले बचत अलि कम हुन सक्छ । बैदेशीक व्यवसाय शुरु गर्ने र पहिले भैरहेको व्यवसाय बढाउन यो समय उत्तम छ । साझेदार संग अलि सजग रहनुहोला । परिवारिक खिचलोले मनमा दिक्दारी ल्याउला भने जीवनसाथीको मनोवस्था बुझेर प्रस्तुत हुनाले बैवाहीक जीवन मधुर हुनेछ। साताको अन्त्य तिर मनमा खिन्नता तथा बेचेनिले सताउने संभावना रहेकोले सकारात्मक सोच्नुहोला।  

कुम्भ
व्यबसायी तथाराजनितीमा लागेका व्यक्तिहरुका लागि निकै राम्रो समय छ। सफलता पाईने संभावना प्रवल छ। पदोन्नति हुनुका साथै पुरस्कार प्रशंसा पाईनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापार व्यवसायबाट सोचेअनुरुपै फाईदा हुनेछ। साताको मध्यपछि मनमा अलि तिक्तता आउने हुनाले सजग रहनुहोला।

मिन
मन पुराना कुरामा अल्झने छ भने बुढापाकाको कुरा सुन्न पाईनेछ। बृत्ति बृद्धिका लागि तरल सम्पतिको अभाव खटकने छ। साथीभाइको सहयोगले काम बने पनि अरुको भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मानसम्मानमा आघात पुग्न सक्छ। धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। घरका महिला सदश्य बिशेषगरि आमाको सहयोगले अफ्ठ्यारो स्थितीबाट निस्कन सकिनेछ । बिहीबार मनमा नैराश्यता तथा उदासिनताले खर्च बढाउनेछ । बोली-व्यवहारमा सजग रहनुहोला। जग्गाजमिन र  सम्पत्तिको कुरामा केही झमेला आउन सक्छ। कामकाज तथा नोकरीमा भने प्रशंसा तथा पदोन्नति हुने संभावना छ।  

 जोतिषबारे थप जानकारीका लागि तलको ठेगानामा सम्पर्क राख्न सक्नुहुनेछ :

Leave a reply

HTML Tags are not supported

Post My Comment »