अधिकार तिमी कहाँ छौं ?

३ चैत्र २०७३

अधिकार तिमी कहाँ छौं ?

अधिकार !
ए अधिकार ?
तिमी कहाँ छौं ?
राजनीतिसँग पोइल गयौ कि ?
ठालूले अपहरण गरे कि ?
विदेशीले थर्काएकी ?

अधिकार !
ए अधिकार ?
तिमी कहाँ छौ ?
संविधानको पानामा ?
ऐन,कानूनको बुँदामा ?   
 ठालुहरुको बोलीमा ?

अधिकार !
ए अधिकार ?
तिमी कहाँ छौं ?
कर्तव्य त गाउँमा छ ।
तिम्रो पर्खाइमा कुमार छ ।
कोहीसँग पोइल नजाऊ ।
कर्तव्यसँगै बसेर रमाऊ ।

अधिकार !
ए अधिकार ?
तिमी कहाँ छौ ?
पाँच बर्षका फरक गरेरै भएपनि आऊ ।
ठूलाकै सँगतमा लागेरै भएपनि आऊ ।
तिमीलाई पर्खेर बसेको कर्तव्यलाई भेट्न आऊ ।
तिमीलाई जन्माउनेलाई झुक्काएर भएपनि आऊ ।

अधिकार !
ए अधिकार ?
तिमी कहाँ छौ ?
कर्तव्यलाई सबै गिल्याउँदैछन् ।
धुर्तहरुले एक्ल्याउँदैछन् ।
तिमी विना ऊ अपुरो छ ।
मानवताकै लागि भएपनि आऊ ।

अधिकार !
ए अधिकार ?
तिमी कहाँ छौ ?
गाउँमा कर्तव्य एक्लो छ ।
 तिमी चुनावकै रुपमा आएपनि आऊ ।
मतपत्रकै रुपमा आएपनि आऊ ।
छिट्टै आऊ, कर्तव्यको घरजम बसाऊ ।



 

Leave a reply

HTML Tags are not supported

Post My Comment »