भारतमा रहेका गृहमन्त्रीलाई चिठी- शहिद गोविन्दको मृत्यु सदर नहोस्

३ चैत्र २०७३

banner

भारतीय सीमा सुरक्षा बलको ज्यादतीले सीमा क्षेत्रका नेपाली नागरिक आक्रान्त छन् । एक पछि अर्को भारतीय दादागिरीका घटना सीमा क्षेत्रमा बढ्दो छ । भारतीय ज्यादतीका सबै घटनामा भारत पक्षलाई ध्यानाकर्षण गराउने कर्मकाण्डमा मात्रै नेपाल पक्ष खुम्चिँदै आएको छ । नेपाल सरकारको कमजोर कुटनीतिक पहलले भारतीय ज्यादतीलाई बल पुगेको छ र नेपाली नागरिकको आत्मसम्मानमा ठेस पुर्याएको छ ।

निधिले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग भेटघाट गर्ने तय छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि निधिले भेट्ने सम्भावना छ । निधिका यी भेटहरुमा उनका साविक एजेण्डा भन्दा प्राथमिक एजेण्डा कञ्चनपुर घटना हुनु पर्छ । त्यसकै कसीमा समग्र भारतीय सीमा ज्यादतीका घटनाबारे गाँठो फुकाउने ठीक समय हो यो ।

भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा हातहतियारसहित समूहमा गस्ती आउँछन् । सीमा क्षेत्रका नेपाली बजारमा हतियार बोकेर आएका भारतीय सुरक्षाकर्मी फेला पर्ने गरेका घटना नौलो हैन । ज्यादतीको हद पार गर्दै नेपाली भूमिमै छिरेर नेपालीको हत्या गर्ने सम्मका हर्कत भारतीय सुरक्षाकर्मीले गरेका छन् । यी सबै घटना पुराना हैनन्, ताजै छन् । दोहोरिइरहेका छन् । 

गत साता कञ्चनपुरमा नेपाली भूमिमा छिरेर भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर एक नेपाली युवाको मृत्यु भयो । भारतीय सुरक्षाकर्मीको दुव्र्यवहारको प्रतिकारमा उत्रेका ३० वर्षीय गोविन्द गौतमलाई भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमै प्रवेश गरेर गोली हानेर ज्यान लिए । भारतीय पक्षको अर्को हर्कत पनि चर्चामा आएको छ । कञ्चनपुरको सोही घटनामा भारतीय पक्षले नेपाली सुरक्षाकर्मीको साथबाट पेस्तोल लुटेर लगेका छन् । प्रहरी सहायक निरीक्षक माधव भट्टको पेस्तोल भारतीयले लुटेका हुन् । पेस्तोलमा ७ राउण्ड गोली लोडेड थियो ।

घाइते भएर ढलेको अवस्थामा आफूसँग भएको पेस्तोल लुटेर लगिएको भट्टले बताएका छन् । यसबारे भारतीय उच्च सुरक्षा अधिकारीहरुलाई जानकारी दिइएको र उताबाट कुनै जवाफ नआएको कञ्चनपुर प्रहरीले जनाएको छ । स्थानीयले बताएअनुसार नेपाल छिरेका सीमा सुरक्षा बलका जवानहरुले बन्दुकको कुन्दाले नेपालीहरुमाथि प्रहार गरेका थिए । भारतीय ज्यादतीका प्रशस्त प्रमाणहरु नेपाली नागरिकसँग र मिडियासँग सुरक्षित छन्, सार्वजनिक पनि छन् ।

गृहमन्त्री भारतमा

कञ्चनपुर घटनाको साता नबित्दै नेपालका गृहमन्त्री बिमलेन्द्र निधि भारत भ्रमणमा निस्केका छन् । आतंकवाद सम्बन्धी सम्मेलनमा भाग लिन मन्त्री निधि यतिबेला भारतमा छन् । निधिका लागि यो उचित मौका छ कि सीमा क्षेत्रमा भैरहेका भारतीय ज्यादतीका घटनाका बारेमा भारत सरकारको अधिकारिक जवाफ माग्ने । निधिले त्यहाँ उच्च सुरक्षा अधिकारी र भारतीय सरकारका मन्त्रीदेखि सुरक्षा सल्लाहकार भेट्ने छन् । भारतीय नेताहरुसँग पनि निधिको भेटघाटको कार्यक्रम तय छ ।

अन्तर्राष्ट्रिय आतंकवादबारेको बहसमा भाग लिन भारतमा रहेका हाम्रा गृहमन्त्रीले नेपाल–भारत सीमा क्षेत्रमा बढ्दो भारतीय आतंकबारे नडराएर कुरा राखुन् । यतिबेला शहीद गोविन्दप्रतिको सच्चा श्रद्धाञ्जली यही हुनेछ । गृहमन्त्री निधि र यो सरकारलाई शहीदको श्राप नलागोस् ।

प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसंगको भेटमा मन्त्री निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट नेपाली मारिएको प्रसंग उठाउँदै भारत सरकारले यसमा माफी माग्नु पर्ने बताएको मिडियामा आएको छ । तर डोभलसँग भेटमा गरेको मौखिक कुरालाई पर्याप्त मान्न पटक्कै सकिँदैन । त्यसको न कुनै आधिकारिक रेकर्ड नै रहन्छ ।

‘म भारतमा गएर सरकारका अधिकारीसँग माफी माग्नु पर्ने धारणा राखेर आएँ’ संभवतः गृहमन्त्री निधिले एकपटक फेरि यस्तै उधारो जवाफमा ‘फेस सेभ’ गर्नेछन् र कञ्चनपुर घटनाको फाइल ‘क्लोज’ गर्ने प्रस्थान विन्दू यही हुनेछ । गृहमन्त्री निधि भारतमै छन् । अझै पनि उनले रेकर्डेड हुनेगरी नेपाल सरकारको तर्फबाट लिखितमा पत्र दाखिला गरुन् । त्यसमा भारत सरकारको आधिकारिक जवाफ मागुन्, र त्यसको जवाफ बोकेर आउन् । जवाफ दिन समय लाग्छ भने निश्चित समयमा भारत तर्फको जवाफ आउने ग्यारेन्टी लिएर नेपाल फर्कने इमान्दार प्रयत्न गरुन् । गरेको प्रयासमा उपलब्धि आउँछ नै भन्ने छैन, तर प्रयास नै नगर्नु पदीय दायित्वबाट उम्कनु ठहर्नेछ । अर्कोतर्फ उनको आत्मसम्मानको बिसर्जन हुनेछ । 

भारतलाई माफी माग्न आग्रह गरेको धाक लगाएर मिडियामा प्रचार बटुलेर गृहमन्त्री उम्कन पाउँदैनन् । भारतबाट फर्किदा गृहमन्त्रीले जवाफ दिनु पर्नेछ–शहिद गोविन्द गौतमको आत्माले सम्मान पाउने के चाँही गरेर फर्किए ?

निधिले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग भेटघाट गर्ने तय छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि निधिले भेट्ने सम्भावना छ । निधिका यी भेटहरुमा उनका साविक एजेण्डा भन्दा प्राथमिक एजेण्डा कञ्चनपुर घटना हुनु पर्छ । त्यसकै कसीमा समग्र भारतीय सीमा ज्यादतीका घटनाबारे गाँठो फुकाउने ठीक समय हो यो । यदि हाम्रा गृहमन्त्रीसँग साँच्चिकै समय–चेतना छ भने दलीय र व्यक्तिगत राजनीतिक नाफा–घाटाको हिसाब बिर्सेर यतिबेला राष्ट्रियताको सवाललाई प्राथमिकतामा राखेर भारतसँग कुरा गर्नु पर्नेछ ।

भारतीय राजनीतिक नेताहरुसँगको भेटमा पनि गृहमन्त्रीले यतिबेलाका नेपाल–भारतबीचको सम्बन्धलाई थप बिगार्ने गरी भएको कञ्चनपुर घटनाको बारेमा गम्भीरतापूर्वक कुरा राखुन् । भारतलाई माफी माग्न आग्रह गरेको धाक लगाएर मिडियामा प्रचार बटुलेर गृहमन्त्री उम्कन पाउँदैनन् । भारतबाट फर्किदा गृहमन्त्रीले जवाफ दिनु पर्नेछ–शहिद गोविन्द गौतमको आत्माले सम्मान पाउने के चाँही गरेर फर्किए ? कञ्चनपुरका शहिद गोविन्द गौतमको आत्माले यस्तो महसुस नगरोस्– ‘भारतीयले त मलाई मारे, म फेरि आफ्नै सरकारबाट पनि मारिएँ । गृहमन्त्री मेरो मृत्यु सदर गरेर भारतबाट फर्किए ।’

हामीलाई थाहा छ भारतीय हस्तक्षेप बहुआयामिक छ । एक्ला गृहमन्त्रीले ती सबैखाले हस्तक्षेपबारे एकै चरणमा कुरा बिच्छ्याउन सम्भव छैन । तर सीमा अनुशासन पालना गर्न भारतीय पक्षसामु खुलेर कुरा राख्ने सही समय यही हो । अन्तर्राष्ट्रिय आतंकवादबारेको बहसमा भाग लिन भारतमा रहेका हाम्रा गृहमन्त्रीले नेपाल–भारत सीमा क्षेत्रमा बढ्दो भारतीय आतंकबारे नडराएर कुरा राखुन् । यतिबेला शहीद गोविन्दप्रतिको सच्चा श्रद्धाञ्जली यही हुनेछ । गृहमन्त्री निधि र यो सरकारलाई शहीदको श्राप नलागोस् । -(लेखक भट्टराई डिसी नेपाल डटकमका सम्पादक हुन्)

Leave a reply

HTML Tags are not supported

Post My Comment »