आज ओली–प्रचण्ड भेट, देउवाका लागि छटपटी

११ पौष २०७४

banner

काठमाडौं। माओवादी–एमाले पार्टी एकीकरण, नयाँ सरकार गठन, राष्ट्रिय सभा निर्वाचन कानुन सम्बन्धी विषयमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल आज छलफल गर्दैछन् । एक अर्काप्रति अविश्वास बढ्दै गएको सन्दर्भमा यो भेट महत्वपूर्ण हुनेछ । चुनावी परिणाम पछि मधुरो बन्दै गएको पार्टी एकीकरणको स्वर र कठ्ङ्ग्रिएको ओली–प्रचण्ड सम्बन्धबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्राप्त न्यानो अब के होला? दुई अध्यक्षको आजको भेटले प्रष्ट्याउने अपेक्षा गरिएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड गृहजिल्ला चितवनमाबाट राजधानी आउँदैछन् । ओली राजधानीमै छन् । यी दुई नेताबीच चुनावी अभियानताका जस्तो न्यानो सम्बन्ध छैन । मौषमी चिसो जस्तै वाम गठबन्धनका यी शीर्ष नेताबीच सम्बन्ध कठ्याङ्ग्रिएको छ ।

साता अघिको साझा पत्रकार सम्मेलनपछि यी दुई नेता सँगसँगै देखिएका छैनन् । यो बीचमा केही एमालेका शीर्ष नेताको अभिव्यक्तिसँग स्वयं प्रचण्ड र माओवादीका शीर्ष नेताको भनाइ बाझिएको छ । दुई दलका नेताले एक अर्कालाई आरोप लगाउन समेत पछि परेनन् । चुनावसम्म सौहार्द रहेको यी दुई दलको सम्बन्ध चिसिँदै गएको यो पृष्ठभूमिमा यी दुई शीर्ष नेताको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

हुनसक्छ ‘टर्निङ प्वाइन्ट’

आज हुने भनिएको ओली–प्रचण्ड भेट आगामी राजनीतिक दिशा निर्देश गर्ने ‘टर्निङ प्वाइन्ट’ हुने अपेक्षा गरिएको छ । एमाले माओवादीबीच बढेको अविश्वास टर्यो भने आगामी ५ बर्षका लागि यी दुई दल सहकार्य गर्नेछन् । विश्वास टर्यो भने राजनीति गिजोलिएर ‘वाम लिक’ भन्दा बाहिर जाने संभावना छ । 

शक्तिको लालसा हुनु मानवीय गुण हो र देउवा यसबाट अछुतो छैनन् । तर, निर्वाचन परिणामको जनादेश देउवालाई प्रधानमन्त्री बनाउने होइन । जनताले बामपन्थी एकतालाई विश्वास गरेको अवस्थामा यो एकता भाँडेर देउवा प्रधानमन्त्री हुनु जनादेश विपरित हुन्छ ।

प्रतिनिधिसभा निर्वाचनको परिणाम र पछिल्लो समय विकसित राजनैतिक घटनाक्रमले देखाउँछ – देशको आगामी पाँच वर्षको कार्यदिशा यी दुई नेताको सम्बन्धले निर्धारण गर्नेछ । यी दुई नेताको सम्बन्ध सौहार्दपूर्ण रहेको अवस्थामा देशले पाँच वर्ष स्थिर बामपन्थी सरकार पाउने लगभग सुनिश्चित हुनेछ । यी दुईको सम्बन्ध चिसिएमा अब बन्ने सरकार पहिलेजस्तै म्यादी र अस्थिर हुनेछ । आजको भेटले पार्टी एकताको विषयलाई टुंगो लगायो र दुई पार्टी एक भए भने आगामी पाँच वर्ष कसैले पनि बामपन्थी सरकार हल्लाउन सक्ने छैन । 

देउवाको चलखेल

२०४८ सालदेखि सत्तामा हालिमुहाली गरिरहेको कांग्रेस अप्रत्याशित पराजित भएपछि अब ऊ चुप लागेर बस्ने छैन । २०६४ मा दोस्रो पार्टीमा झर्दा पनि राजनैतिक अस्थिरताको फाइदा उठाउँदै सत्ताको स्वाद चाखेको कांग्रेसको ‘स्वादे जिब्रो’ अब ५ वर्षसम्म सत्ताबाहिर बस्नको लागि तयार छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा अप्रत्याशित रुपमा पार्टी पराजित हुँदा पद हस्तान्तरणको कुरा त परै जाओस् अहिलेसम्म पराजयको नैतिक जिम्मेवारी पनि लिएका छैनन् । यसको अर्थ हो देउवामा अझै पनि सत्ताको लालसा छ र उनी सत्ता र शक्ति आर्जनको लागि प्रयासरत छन् ।

केही दिन यताको संवादहीनता तोड्दै दुई शीर्ष बामपन्थी नेताले आज छलफल गर्दैछन् । यी नेताको छलफलले पार्टी एकीकरणका लागि सकारात्मक निर्णय गर्ने अपेक्षा गरिएको छ । एकता भाँड्ने ‘देउवा चलखेल’को कालो बादलको किनारामा ‘चाँदीको घेरा’ पनि छ, त्यो के हो भने यी दुई नेताले कहिल्यै पार्टी एकताको विपक्षमा बोलेका छैनन् ।

देउवाले सत्ताको लागि आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरिसकेको स्वयं माओवादी अध्यक्ष प्रचण्डले नवलपरासीमा भनेकै हुन् । त्यतिबेला प्रचण्डले आफूलाई ‘अफर’ आएको भए पनि आफूले एमालेलाई धोका नदिने बताए । तर, देउवाले यस्तो प्रस्ताव फेरि पनि गर्नेछन् किनकि उनलाई एमाले–माओवादी सम्बन्ध बिगार्नु छ । यी दुई पार्टी एकीकरण हुनु देउवाको लागि निकै अशुभ हुनेछ । एमाले माओवादी एकीकरण हुनेबित्तिकै तत्कालको लागि देउवाले सत्ताको स्वाद चाख्न पाउने सम्भावना समाप्त हुनेछ । अतः देउवा यस्तो हुन नदिन हरसम्भव प्रयास गर्नेछन् । 

देउवाले पार्टी सभापति पद आफ्नै कब्जामा राख्न पार्टीभित्र प्रकाशमान सिंह र शशांक कोइरालाका बीचमा खेलिरहेको खबर बाहिरिइसकेको छ । देउवाको पदलालसा हेर्दा उनी पार्टीभित्र सभापतिसहित संसदीय दलको नेताको पद पनि हत्याउन चाहन्छन् भन्ने प्रस्ट भइसकेको छ । तत्कालका लागि देउवा पार्टीभित्र संसदीय दलको नेता बन्ने प्रयासमा छन् । किनकि कांग्रेसको विधानअनुसार संसदीय दलको नेता प्रधानमन्त्रीको लाइनमा हुन्छ । पार्टीको संसदीय दलको नेता हुनासाथ उनी प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा त यसै पनि पुग्नेछन् । एमाले र माओवादीको एकता भाँड्न सके उनी प्रधानमन्त्री बन्ने सम्भावना पनि छ ।

कालो बादलमा चाँदीको घेरा

शक्तिको लालसा हुनु मानवीय गुण हो र देउवा यसबाट अछुतो छैनन् । तर, निर्वाचन परिणामको जनादेश देउवालाई प्रधानमन्त्री बनाउने होइन । जनताले बामपन्थी एकतालाई विश्वास गरेको अवस्थामा यो एकता भाँडेर देउवा प्रधानमन्त्री हुनु जनादेश विपरित हुन्छ । जनादेश विपरित राज्यसत्ता संचालन हुनु देशको लागि हितकर हुँदैन । यसले थप अस्थिरता निम्त्याउनेछ । आफ्नो प्रधानमन्त्री बन्ने बाटोको अवरोध एमाले–माओवादी एकता भाँड्न देउवाले गर्ने प्रयासको छायाँमा हुन लागेको आजको ओली–प्रचण्ड भेट निकै अर्थपूर्ण छ ।

केही दिन यताको संवादहीनता तोड्दै दुई शीर्ष बामपन्थी नेताले आज छलफल गर्दैछन् । यी नेताको छलफलले पार्टी एकीकरणका लागि सकारात्मक निर्णय गर्ने अपेक्षा गरिएको छ । एकता भाँड्ने ‘देउवा चलखेल’को कालो बादलको किनारामा ‘चाँदीको घेरा’ पनि छ, त्यो के हो भने यी दुई नेताले कहिल्यै पार्टी एकताको विपक्षमा बोलेका छैनन् ।

प्रचण्डले एमालेमाथि शंका गर्दै गर्दा पनि भनेका छन् ‘अरुले लोभ देखाए पनि म विश्वासघात गरेर जान्न ।’ उता ओलीले पनि ‘पार्टी एकतामा कुनै शंका नगर्न’ अपिल गर्दै आएका छन् । पार्टी एकीकरणका लागि दुई नेताको यही प्रतिबद्धता आजको बैठकमार्फत अनुमोदन हुँदै कार्यान्वयनतर्फ अगाडि बढ्यो भने मतदाता र नेता कार्यकर्ताका लागि उत्साह हुनेछ । यदि यसो हुन सकेन र अविश्वास बढ्यो भने एकले अर्कोलाई देखाइदिने होड चल्ने छ र राजनीति एकपछक फेरि अनिश्चिततातर्फ धकेलिनेछ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »