चितवन पुगे देउवा जहाँ प्रचण्ड छन्, यता काठमाडौंमा ओलीले कुर्दै

११ पौष २०७४

banner

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकीकरणबारे ठोस निर्णय गर्न आजै भेट हुँदैछ । यसैबीच ओली-प्रचण्ड भेटलाई उछिन्दै कांग्रेस सभापति शेरबहादुर देउवा चितवन पुगेका छन्, जहाँ प्रचण्ड छन् ।

पाँच दिनअघि चितवन गएका प्रचण्ड आज दिउँसो काठमाडौँ फर्किएपछि ओलीसँग पार्टी एकीकरणका विषयमा छलफल हुने बताइएको छ । प्रचण्ड आज दिउँसो ३ बजे काठमाडौँ फर्किदै छन् । वाम गठबन्धनका दुई शीर्ष नेताबीच भेट हुने तय भएकै समयमा देउवा चितवन पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।

दिउँसो १२ बजे हात्ती महोत्वसको उद्घाटनका लागि प्रधानमन्त्री देउवा चितवन पुगेका हुन् । प्रचण्ड चितवनमै रहेका बेला देउवा पनि चितवनमै पुगेको रोचक संयोगलाई महत्वको मानिएको छ । प्रचण्ड र देउवाबीच औपचारिक भेटको कुनै कार्यक्रम तय नभएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो, तर भेट र संवाद हुनसक्ने संभावना रहेको बतायो ।

औपचारिक रुपमै ५ वर्षका लागि प्रधानमन्त्री बन्न देउवाले आफूलाई अफर गरेको खुलासा प्रचण्डले गरेका थिए । कांग्रेस वाम गठबन्धनमा भाँजो हाल्न हरसंभव प्रयासरत छ । यता एमाले माओवादीबीच सम्बन्ध बिग्रिदै गएको छ । यहीबीचमा राजनीतिक दाउपेच निकै चर्किएको छ । अबको राजनीति कसरी अगाडि बढ्ला भन्ने अन्योल कायमै छ ।

आजको ओली-प्रचण्डको भेटले पार्टी एकीकरण र सरकार निर्माण प्रकृयाबारे केही स्पष्टता ल्याउने अनुमान गरिएका बेला देउवा-प्रचण्ड भेट भयो भने त्यसको प्रभाव के पर्ला भन्ने प्रश्न थपिएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »