सगुनको मोवाइल एप जनवरी ९ तारिखमा लन्च हुँदै

१४ पौष २०७४

banner

काठमाडौं। नेपाली नेतृत्वको समाजिक सञ्जाल सगुनले आउँदो जनवरी ९ तारिख आफ्नो मोवाइल एप लन्च गर्ने भएको छ। तत्कालका लागि एण्ड्रोएड एप सार्वजनिक गर्ने र त्यसपछि सोसल स्मार्ट कर्ड लन्च गर्ने योजना अनुसार अन्तिम तयारी चलिरहेको सगुनले जनाएको छ।

नेपाल, अमेरिका र भारतमा आफ्नो कार्यालयीय संरचना स्थापना गरेको सगुनले आफ्ना सेवा उत्पादनका काम भारतको नयाँ दल्लीबाट गरिरहेको छ। सगुनको मोवाइल एप दिल्लीमै सार्वजनिक गर्ने तयारी छ। 

एप सार्वजनिक समारोहमा नेपाल तथा भारतका विशिष्ट व्यक्ति सहभागी हुने सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले जानकारी दिए। कार्यक्रममा भारतका प्रविधि क्षेत्रसंग सम्बद्ध उच्च अधिकारीहरू सहभागी हुनेछन् भने वलिउड कलाकारको समेत सहभागिता हुने जानकारी दिइएको छ।

नेपालको संखुवासभामा जन्मेका गोबिन्द गिरीले अमेरिकाबाट सगुनको स्थापना गरेका हुन्। अमेरिकाको सरकारी विभागमा सिस्टम इन्जिनियर रहेर दशक बढी काम गरेका गिरीसहित नेपालीहरू सगुनको नेतृत्वमा छन्। भारतीय लगानीकर्ता र प्रविधि क्षेत्रको समेत सगुनमा आकर्षण बढेको छ। नेपाली र भारतीय आइटी इन्जिनियरहरू संलग्न टिमले नयाँ दिल्लीबाट सगुनका उत्पादन तयार पार्ने काम गरिरहेका छन्। सगुनको दिल्ली कार्यालयबाटै प्राबिधिक सबै काम हुने गरेको सहसंस्थापक सिटौला बताउँछन्।

जनवरी ९ तारिखमा लन्च हुने सगुनको मोवाइल एपमा ओपन र सिक्रेट मेसेजिङ्ग अप्सन हुनेछ। साथै माइ डे र मूड टक पनि सगुनका खास फिचर हुन्। चल्तीका सामाजिक संजाल भन्दा केही फरक स्वाद र मौलिक विशेषता प्रयोगकर्ताले महसुस गर्ने सगुनका प्रोडक्ट म्यानेजर रिसव गर्गको दावी छ।

सगुनले दोस्रो चरणमा आव्हान गरेको शेयरमा उत्साहजनक सहभागिता प्राप्त भएको सिटौला बताउँछन्। उनका अनुसार दोश्रो चरणमा लगानीको प्रकृया पूरा गर्ने क्रम चलिरहेको छ।

शेयर लगानी गर्ने कतिपय सदस्यहरूको कागजी प्रकृया पुर्याएर प्रमाणिकरण गर्ने काम भैरहेको छ। बैंकले लगानीकर्ताहरुको परिचय पत्र र ठेगाना खुल्ने कागजपत्रहरु माग गर्ने हुँदा कतिपय शेयर धनीहरूबाट ती कागजी प्रकृया पूरा गर्न बाँकी रहेकोले त्यसमा काम चलिरहेको उनले बताए। 

लगानीको रकम पठाइसकेका तर हालसम्म आफ्नो परिचय पत्र र ठेगाना खुल्ने कागजपत्र पठाउन नभ्याएका शेयर सदस्यहरूलाई contactus@sagoon.com मा आफ्ना कागजात पठाउन पनि सगुनले आग्रह गरेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »