पौष १५ देखि २१ गतेसम्मको साप्ताहिक राशीफल 

१५ पौष २०७४

banner

जोतिषाचार्य : भानुराज अर्याल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बोलेर नै समस्याको निदान गर्न सकिनेछ । तर बिवादमा पनि पर्न सकिएला । साताको सुरुमा गर्न खोजिको काम पुरा हुनेछ। मंगलवार र बुधबार कामगर्दा र परिवारसंग बस्दा अलि बिचार पुर्याउनु होला । फाइदा हुनेकाममा यात्रा गरिने संभावना छ । साझेदारी ब्यवसायमा लागेकाहरुलाई साझेदारबाट फाइदा होला । त्यति नजिक नभएका ब्यक्तिले नसोचिएको तरिकाले सहयोग गर्नेछन् । आमाको स्वास्थ्यको ख्याल राख्नुहोला  । बिद्यार्थीहरुलाई पढाईमा आशातित सफलता मिल्नेछ। 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
साताको शुरुवातमा काम सजिलै पुरा हुनेछ । तापनी अहिलेको परिस्थिती अनुकुल नभएकोले जिम्मेवारी तथा नैराश्यता बढेको अनुभव हुनेछ । विस्तारै शत्रुहरु परास्त्र हुनेछन् भने चिन्ता पनि घट्नेछ । पारिवारिक अशान्ति यो महिनाभर नै बढ्ने हुनाले सावधान हुनु होला । मातापिताको स्वास्थ्य प्रति निकै सचेत रहनुहोला । शारीरिक तथा मानसीक विकारले दुख दिनसक्नेछ । यो महिना एक पछि अर्को समस्या र अफ्ठ्यारो परिस्थिती आईरहने छ जसबाट निस्कन मनको उत्साहमा कमी आउन नदिनुहोला । जीवनसाथी र बिपरित लिङगी साथीहरुलाई शंकाको दृष्टिले हेर्दा परिस्थिती जटिल बन्नसक्छ। 
  
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मन एकतमासको हुनेछ र एक्लै बस्न मनलाग्ने छ। मन मिजमज्जामा रमाउने छ । बैवाहिक जीवनमा केही खिचलो हुनेछ र प्रणय सुखमा कमी आउला । खानपानका कारण ‘फुड पोइजन” सम्म पनि हुनसक्ने भएकोले खानपानमा ध्यान दिनुहोला । साझेदारहरु बीच मनमुटाब तथा बिबाद हुन सक्ला । बिद्यार्थीहरुको पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। बिहीबार पछि परिस्थिती अनुकुल हुँदै जानेछ । मुखको स्वास्थ्य प्रति सचेत रहनुहोला। 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 
अनावश्यक रुपमा कुतर्क गर्दा मानसिक द्वन्दमा पर्नसक्ने संभावना छ। सन्तानसंग पनि मनमुटाव हुनसक्ला । सोमबार र  मंगलबार त्यति राम्रै बित्नेछैन । बेकारको भावुक बन्दा महिला साथीबाट ठगिने संभावना रहला । मन आफुले गरेको कामबाट बढी फाइदा लिने तिर जानेछ । नियमित आम्दानीका स्रोतहरु बढ्नेछ । लग्नमा बसेको राहूको नकारात्म प्रभावबाट बच्न आध्यात्मीक चिन्तन वा ध्यान गर्नु राम्रो रहला । साथीभाईसंगको जमघटले आनन्द महशुस हुनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ तर प्रतिस्पर्धा भने कडा नै गर्नुपर्नेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
उत्तरदायीत्व बढेको महशुस हुनेछ भने सोमबार र मंगलबार सोचेभन्दा राम्रै बित्ने छ । प्रेमका कुराले मन आनन्दीत हुनेछ तर सन्तानको स्वास्थ प्रति सजगता भने अपनाउनु होला । बुधबार र बिहीबार मनमा तनाब हुनेछ । अनावश्यक खर्च पनि बढ्नेछ। रिस बढनाले सबैतिर अशान्ति र उत्तेजना महशुस हुनेछ । हतारमा निर्णय नगर्नुहोला भने मनमा नैराश्यता आउन नदिनुहोला । मानसिक भ्रमले लगानी डुब्ने सभांवना रहेकाले सावधान रहुनु होला । प्रयासगरे यो समयमा  परिवारमा रहेको मतभेद हटाउन सकिनेछ। जग्गाजमिन किन्नलाई भने यो उपयुक्त समय हो । साथीभाईको काम सुल्झाउन सहयोगि बनिदिदाँ भविश्यलाई राम्रो होला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
परिवारका सदश्य तथा साथीभाईको सहयोगले लाभ हुनेछ । चलअचल सम्पति बढाउने समय छ । मनमा भए तथा संशय भएता पनि संस्थागत रुपमा खोजिएको सहयोग मिल्नेछ । साथीभाई संगको रमाईलोका कारण सोमबार देखी बुधबार दिउँसो सम्म मनमा नैराशयता पलाउने संभावना छ तर १९२ दिनमा यो समय ठिक हुँदै जानेछ । आमाको स्वास्थ्यले मनमा खिन्नता बढाउन सक्छ । प्रतिस्पर्धी व्यबसायबाट फाईदा होला । आफूभन्दा साना संग मनमुटाव हुन सक्नेछ तसर्थ साबधान रहनुहोला।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) 
आँटेका कामहरु पुरा हुनेछन । साथीभाई संघ संस्थाबाट सोचे जस्तै सहयोग पाईनेछ । ऋण लिएर उध्योग बिस्तार गर्न चाहने उद्यमीलाई समय राम्रो छ । रोकिएका कामहरु पुराहुने छन । आफ्नै पराक्रमले सम्पति जोडने र बचत बढाउने राम्रो समय छ । तर गलतकामको जोखिम भने नलिनुहोला । बोल्दा बिचार नगरे अपमान सहनु पर्नेछ । सहोदरहरु बीच केहि खिचलो हुनसक्ने हुनाले संयमतापूर्वक ब्यवहार गर्नुहोला । काममा पदोन्नति वा स्थानान्तरणको अवसर पनि आउने छ । प्रणय सुखले मन आनन्दित हुनेछ । सोमबार देखी समयले राम्रै साथ दिनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 
प्रत्येक कार्यमा भएको ढिलाई तथा कठिनाईले मनमा दुबिधा बढला । परिस्थितीले गर्दा मान सम्मानमा पनि कमी आउला । समय प्रतिकुल भएकोले खराब ब्यक्तिको संगतमा परिने संभावना छ । सम्पत्तिमा क्षतिपुग्ने संभावना भएकोले सतर्क रहनुहोला।  बोल्दा होस गुमाए परिवार तथा साथीभाई टाढीनेछन । पैत्रिक सम्पतिका कुरामा झै९झगडा पनि हुनसक्छ भने आफन्तहरुले कुरा काटनेछन । घरमा अशान्ती बढ्नाले मानसिक तनाब बढ्नेछ । मनमा आँट हराउनाले सबै काम कठिन जस्तो लाग्नेछ । तर यस्तो स्थिती माघ महिना पछि बिस्तारै ठिक हुँदैजानेछ । खर्चको व्यबस्थापन सही रुपमा नगरे तनावको स्थिती हुनेछ । मंगलबारबाट स्थिती केही सुध्रनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बिभिन्न किसिमका अफ्ठ्यारो परिस्थिती आउनाले मनमा खिन्नता बढ्नेछ । मन रहेको दुबिधाले सहि निर्णय गर्न सकिने छैन । अपर्झट आईपर्ने समस्याले खिन्नता भएपनि भाग्यले कामको प्रतिफल दिनेछ। अरुको कमजोरीबाट फाईदा लिन सकिनेछ तर मिहेनत भने पर्याप्त गर्नुपर्ने छ । मोजमज्जामा खर्च बढ्नाले बचत कम हुनेछ । बैदेशीक व्यापारमा भने केही अवसर आउन सक्छ ।  मातापिताको स्वास्थ्यका बारेमा ध्यान दिन जरुरी छ । महत्वपूर्ण कामको शुरुवात गर्ने बेला अझै भएको छैन । यात्राका लगि भने समय उपयुक्त छ। 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मनमा रहेको दुबिधाले सहि निर्णय गर्न कठिन हुनेछ। पहिले नै असफलताको कुराहरु मनमा आउनेछन। परिस्थितीको सामना गर्न भन्दा पनि भाग्न खोजिनेछ। तर कार्यक्षेत्रमा भने राम्रै अवस्था रहनेछ। पदोन्नतिको अवसर पाइन सकिनेछ । तपाँईको राम्रो कामको प्रशंसा पनि हुनेछ । औपचारीक बिदेश भ्रमणको अबसर आउनसक्छ । बिदेशयात्राको लागि समय उत्तम भएपनि यात्रा निकै खर्चिलो बन्नसक्छ। बिदेशमा पठनपाठनका लागि कोशिस गर्ने राम्रो समय छ । कार्यकुशलताले मानसम्मान पाईनेछ। परिश्रम अनुसारको लाभ पाईनेछ । बैदेशीक व्यवसाय शुरु गर्ने र पहिले भैरहेको व्यवसाय बढाउन यो समय उत्तम छ । पेटको गडबडीले दुख दिन सक्ने भएकोले सावधान रहनुहोला।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) 
पारिवारिक खिचलोले मानसिक अशान्ति हुनेछ। तर सोमबार देखी समय राम्रो हुँदै जानेछ। व्यापार व्यवसायका लागि भने समय निकै अनुकुल छ। तसर्थ दिर्घकालिन योजनाहरु गर्दा राम्रो होला। शेयरबाट पनि मनग्यै फाईदा हुनेछ भने यशकिर्ती बढ्नेछ। पदोन्नति हुनुका साथै पुरस्कार प्रशंसा पाईनेछ। परोपकारी काम गर्ने अवसरले मनमा शान्तिको अनुभव हुनेछ। आम्दानी बढाउने अनेक अवसर आउने छ। दिगो फाइदा हुने काममा लगानी गरिनेछ। गरिएका कामहरुको  मूल्यांकन उच्च हुनेछ। मंगलबार बाट समयले राम्रै साथ दिनेछ। 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 
आँटेको काम सबै नै सरल रुपमा सम्पन्न हुनेछन। साथीभाईको सहयोगमा भाग्यले साथ दिनेछ। नगदको अभावले भने  व्यवधान आउन सक्छ। आफुले जति कोशिस गर्दा पनि आशातित सफलता नपाई रहेको भान हुनेछ। चोटपटक र दुर्घटनामा परिने संभावना रहेकोले सजगता अपनाउनु होला।  कामको अबसर धेरै आएपनि काम गर्दा भने व्यवधान आउनेछ। तर धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। आमाको सहयोगले अफ्ठ्यारो स्थितीबाट निस्कन सकिनेछ। सोमबार देखी दिक्दारीपनाले सताउने छ। बोली/व्यवहारमा सजग रहनुहोला। पेटको स्वास्थ्यको ख्याल राख्नुहोला।  

जोतिषबारे थप जानकारीका लागि तलको ठेगानामा सम्पर्क राख्न सक्नुहुनेछ :


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »