​चलचित्र 'ह्याप्पी डेज' को पोस्टर सार्वजनिक

१९ पौष २०७४

banner

काठमाडौं । नेपाली कथानक चलचित्र ह्याप्पी डेज को पोस्टर सार्वजनिक भएको छ। 

यही माघ १२ बाट नेपालभरी रिलिज हुन् लागेको चलचित्र  ‘ह्याप्पी डेज’ले प्रदर्शन मिति नजिकिदै गर्दा आफ्नो पोस्टर सार्वजनिक गरेको हो । पोस्टर सार्वजनिक गरेसँगै प्रचारको गति बढाउने चलचित्र निर्माण टीमले जानकारी गराएको छ। चर्चित कलाकारहरुको अभिनयका कारण चलचित्र चर्चामा छ ।

निर्माण टिमले सिनेमाको ८ पोस्टर रिलिज गरेको छ । जहाँ ५ पोस्टरमा कलाकारको क्यारेक्टर झल्काउने कोसिस गरिएको छ । क्यारेक्टर पोस्टरमा दयाहाङ राई, प्रियंका कार्की, दीया पुन, संजय गुप्ता र विक्की जोशीलाई स्थान दिइएको छ ।

मिलन चाम्स निर्देशित चलचित्रको प्रिमियर गत नोभेम्बर महिनामा बेलायतमा भएको थियो । साढे २ करोडको बजेटमा निर्माण भएको सिनेमामा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा। अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्माण गरिएको  चलचित्रमा दयाहाङ, प्रियंका र संजयका अलावा विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल लगायतले अभिनय गरेका छन् । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »