मूल्य वृद्धिको विरोधमा वाम विद्यार्थीको प्रदर्शन (फोटो फिचर)

१९ पौष २०७४

banner

काठमाडौँ। युवा–विद्यार्थी संगठनहरूले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिमाण सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै प्रर्दशन गरेका छन्। 

प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडिबाट निकालिएको जुलुस पुतलीसडकहुँदै रत्नपार्कस्थित शान्तिवाटिकामा पुगेर समापन भएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी दिएका छन्। 

प्रदर्शनीमा ‘पेट्रोलियम पदार्थको वृद्धि मूल्य फिर्ता गर’, ‘अविलम्ब प्रतिनिधिसभाको मत परिमाण सार्वजनिक गर’ जस्ता नारा लगाइएको थियो। प्रदर्शनी समापन सभामा अनेरास्ववियुका उपाध्यक्ष शैलेश लामा, अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेत र युवा संघ नेपालका सचिव बच्चनबहादुर सिंहले मत परिमाण र मूल्यवृद्धि फिर्ता लिनुपर्नेमा जोड दिएका थिए। मत परिमाण र मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने पनि उनीहरूले बताए । 

यसैबीच युवा विद्यार्थी संगठनको बुधबार बसेको बैठकले मूल्यवृद्धि फिर्ताको माग गर्दै भोलि र पर्सि निगम घेराउ तथा मत परिमणाम सार्वजनिक गर्न माग गर्दै सडक बहस गर्ने निर्णय गरेको अनेरास्ववियुका सचिव पराजुलीले बताए।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि लगायत सरकारबिरोधी प्रदर्शनका क्रममा हिजो युवा विद्यार्थी र प्रहरीबीच झडप समेत भएको थियो। झडपमा परी अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तोलासहित दर्जनबढी नेता कार्यकर्ता घाइते भएका थिए।

सबै तस्विरहरुः आर्यन धिमाल/डिसीनेपाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »