यस्तो रह्यो ‘राज्जा रानी’को राजधानी प्रिमियर (फोटो फिचर)

१९ पौष २०७४

banner

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राज्जा रानी’ को बुधबार राजधानिमा प्रिमियर गरिएको छ । दाईजो प्रथा विरुद्धको आवाज बोल्ने चलचित्र हेर्न प्रिमियरमा चलचित्रकर्मी, पत्रकारदेखी राजनितिज्ञसम्मको उपस्थिती रह्यो । 

केकी अधिकारी र नाजीर हुसेनको मुख्य भूमिका रहेको चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ । याम थापा निर्देशित यो चलचित्रलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । सम्पूर्ण छायांकन नेपालगञ्जमा गरिएको यो चलचित्र मैथिली र नेपाली दुवै भाषामा रिलिज हुँदैछ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »