विज्ञानले प्रगति गर्दै जाँदा अन्तरिक्षमा जान झनै मुस्किल

२० पौष २०७४

banner

एजेन्सी। विज्ञानले निरन्तर प्रगति गर्दै गएको अवस्थामा अन्तरिक्षमा जान झनै सजिलो हुनुपर्ने हो तर पछिल्लो समय यसको ठिक उल्टो भइरहेको छ । पछिल्लो समय अन्तरिक्षमा जान झनै कठिन हुँदै गएको छ । निकट भविष्यमै अन्तरिक्ष यात्रा अझै कठिन हुनसक्ने अनुमान गरिएको छ । 

अमेरिकी अन्तरिक्ष अनुसन्धान एजेन्सी नासाको पछिल्लो रिपोर्टले संसारका सबै स्पेस एजेन्सीको चिन्ता बढाइदिएको छ । रिपोर्टका अनुसार अन्तरिक्षमा पृथ्वीको आसपास स्पेस जंक (स्पेसको फोहर)का ६ लाखभन्दा धेरै टुक्राहरु तैरिरहेका छन् । यसमा विमान, रकेट, स्याटेलाइट र स्पेस स्टेशनका बिग्रिएका पार्टहरु पनि छन् । यो फोहर यतिसम्म बढिरहेको छ कि पृथ्वीको वरिपरी एउटा जालजस्तै बनेको छ । 

अन्तरिक्ष र यससँग सम्बन्धित खोजको लागि कैयौं देशका स्पेस एजेन्सीहरु लगातार काम गरिरहेका छन् । यसका लागि रकेट र स्याटेलाइटजस्ता उपकरण अन्तरिक्षमा पठाइन्छ । यसरी पठाइने रकेट र स्याटेलाइटको केही भागमात्र पृथ्वीमा फर्कन्छ । स्पेसशिपको तौल कम गर्नको लागि प्रयोग भइसकेको इन्धनको सेल त्यहीँ छोडिन्छ । यी चीजहरु शुन्य गुरुत्वाकर्षणमा तैरिरहन्छन् । 

भविष्यमा अन्तरिक्षमा जाने यस्ता उपकरणहरुको लागि यो फोहर सबैभन्दा ठूलो खतरा बनेको छ । अन्तरिक्षमा तैरिरहेका यी टुक्राहरुको लम्बाइ १ सेन्टिमिटरदेखि १० सेन्टिमिटरसम्म छ । हरेक वर्ष यी टुक्राहरुको कारणले कम्तीमा एउटा स्याटेलाइट नष्ट हुने गर्छ । स्पेस वैज्ञानिक रिची कार्मिशेलले थ्रीडी भिजुअलका माध्यमबाट यी फोहरले पृथ्वी कसरी घेरिएको छ भन्ने देखाएका छन् । रिचीका अनुसार यो फोहर फैलाउने काममा अमेरिका, रुस र चीन सबैभन्दा अगाडि छन् ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »