जानकी मन्दिरबाट केकीलाई डोली चढाइयो, नाजिरलाई बग्गी (फोटोफिचर)

२१ पौष २०७४

banner

सुरक्षा भट्टराई 

काठमाडौँ । जनकपुरको जानकी मन्दिरबाट नायिका केकी अधिकारीलाई डोली चढाइयो भने अभिनेता नाजिर हुसेनलाई बग्गीमा । नाजिरलाई बग्गीमा राख्दा केकी डोलीमा लजाइरहेकी थिइन्।

यो दृष्य हो मैथली भाषामा समेत निर्माण भएको चलचित्र राज्जा रानीको प्रिमियर शो मा । आजदेखि देशभर प्रदर्शनमा आएको चलचित्र राज्जा रानी मैथली भाषामा समेत निर्माण भएको छ। 

मैथली जातीको बाहुल्यता रहेको जनकपुर पुगेका केकी र नाजिरलाई जानकी मन्दिरबाट उत्सवका साथ डोली र बग्गीमा चढाएर हलसम्म लगिएको थियो। पटक नायक नायिकालाई यसरी सम्मान गरेको यो सम्भव त नेपालमै पहिलो पटक हो। 

मधेशको कथा र धरातलमाथि बनेको चलचित्रले ‘तराईमा प्रचलित दाइजो प्रथाको विषयलाई उठान गरेको छ। यम थापाले निर्देशन गरेको यो चलचित्रमा नाजिर र केकीले प्रेमिका र प्रेमीको भूमिका निर्वाह गरेका छन्। 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »