पौष २२ गतेदेखि २८ गतेसम्मको साप्ताहिक राशिफल 

२२ पौष २०७४

banner

  • जोतिषाचार्य: भानुराज अर्याल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफ्ना मान्यजन तथा गुरुवर्ग संग मनमुटाव हुनसक्ला । अनावश्यक काम गर्नु पर्दा आफ्नो ओज घटेको मसशुस हुनेछ । बेमन कुनै यात्रा गर्नु पर्नसक्छ भने चिन्ता पनि केही बढ्ला । तर सोमबार देखी समय सुध्रनेछ भने अरुले गर्दा तपाँईलाई फाईदा पनि हुनेछ । आफ्नो लगानीको चिन्ताले केही उत्तेजित बनाउला तर तपाँइको लगानी भने डुब्ने छैन । कुनै फाइदा हुने काममा सानोतिनो यात्रा पनि हुनसक्नेछ । असंबन्धित ब्यक्तिले गरेको कामले तपाँईलाई अनपेक्षित लाभ होला । राम्रो कोशिस भएमा सरकारबाट पनि लाभ हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भाईबैनीसंग आमाको सानिध्यताको ईश्र्या लाग्नसक्छ । अरुकोलागि काम गर्नु पर्दा दिक्दारी महशुस हुनेछ । सरकारी पक्षबाट अबरोध भएपनि आफ्नो मनोबललाई उठाउन सक्षम भइनेछ ।  परिस्थिती अनुकुल नभएकोले अनावश्यक जिम्मेवारी नलिनु होला । आफ्नै सम्पत्ति पनि सजिलै प्रयोग गर्ने नपाईनाले खिन्नता अनुभब गरिनेछ । तापनि अष्ठम स्थानमा रहेको शुक्रले तपाँलाई धेरै नै सहयोग गर्नेछ । सानतिना कामहरु बन्ने छन । आफुले पहिले गरेका गल्तिहरुको परिणाम अहिले भोग्नुपर्ने हुनसक्छ तसर्थ साबधान रहनुहोला ।  पारिवारिक असमझदारीलाई जटिल बन्न नदिनुहोस । बुधबार दिउँसोबाट समय केही सुध्रनेछ ।  

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आइतबार सम्म दिन राम्रै बित्नेछ भने बिहीबार सम्म मनमा केही तनाव महशुस हुनेछ । तापनि तपाँईको रचनात्मकतामा कमी भने आउने छैन। व्यबसायीक काममा भने केही बाधा-व्यवधान आउने नै छ। खराब साथीसंगतले नकारत्मक परिणाम नै ल्याउने भएकोले खराब संगतीबाट बच्नुहोला । बैवाहिक जीवनको तनावले प्रणय सुखमा कमी आउला । खानपानमा सचेत रहन जरुरी छ भने साझेदारहरु बिच मनमुटाब तथा बिबाद हुन सक्ला । बुधबारबाट बिद्यार्थीहरुको पढाइमा केही अबरोध आउनेछ। बिहीबार पछि परिस्थिती अनुकुल हुँदै जानेछ । आँखा र मुखको स्वास्थ्य प्रति सचेत रहनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 
अति आत्मविश्वासी भएर बोल्दा अरुले गलत बुझ्नेछन यसैले आफ्नो बोलीमा ध्यान दिनुहोला । मुद्दामामीला हुनसक्ने भएकोले आफु जोगिने कोशिस गर्नुहोला । महिलावर्ग संगको मनमुटाव तथा झगडाले मानशिक अशान्ती दिनसक्ने हुनाले सो बाट बच्ने प्रयास गर्नुहोला ।  गलत निर्णय हुनसक्ने समय भएकाले आफुलाई नियन्त्रण गर्नुहोला । महत्वपूर्ण कामहरु मंगलबार सम्ममा टुंग्याउने कोशिस गर्नुहोला । नियमित आम्दानाका स्रोतहरु नै बढ्नेछ । ध्यान योग आदिले समयको कुप्रभाव अलि कम हुने हुनाले आफूलाई आध्यात्मीक चिन्तन तर्फ ढाल्नुहोला ।  अहिले गरिएको परोपकारी कामको भने सबैले प्रशंसा गर्नेछन । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सोमबार र मंगलबार बाहेक साता रमाईलै बित्नेछ । केही उपहार पनि पाईएला। परिवारमा पनि जमघट र प्रतिष्ठित ब्यक्तिको आतिथ्य गर्न पाईनेछ ।  तर सन्तानको पठनपाठन र स्वास्थ प्रति सजगता अपनाउनु होला । बढेको खर्च तपाँईका लागि चुनौति नै पनि बन्नसक्छ। बढेको रिसको नियन्त्रण जरुरी छ । हतारमा निर्णय नगर्नुहोला भने मनमा नैराश्यता आउन नदिनुहोला । आवेगमा गरिएको लगानी डुब्ने सभांवना रहेकाले सावधान रहुनु होला । परिवारमा रहेको मतभेद बिस्तारै हटने छन् । स्थिर सम्पत्ति जोड्नेलाई यो सही समय हो ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
१–२ दिन बैराग्तया अनुभव हुनेछ । यात्रा गर्नु परेमा खर्च बढ्नेछ । सोमबार र मंगलबार सोचेअनुरुप काम बन्नेछ । साथीभाईले सोचे जस्तो सहयोग गर्न सक्ने छैनन् । स्थिर सम्पतिमा बृद्धि गरिनेछ । प्रतिस्पर्धी व्यबसायबाट फाईदा होला । आफूभन्दा साना संग मनमुटाव हुन सक्नेछ तसर्थ साबधान रहनुहोला । नयाँ वाहन किन्नको लागि उपयुक्त समय छ । घर भित्र नै सानोतिनो दुर्घटनामा परिने संभावना भएकाले सचेत रहनुहोला । घरमा मनमुटाव तथा खिचलो स्थिती बन्न नदिनु होला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) 
होस गुमाएर बोल्दा कसैको घृणाको पात्र बनिनेछ तसर्थ बोल्दा सचेत रहनु होला । आँटेका कामहरु पुरा हुनेछन । संस्थागत  सहयोगले ठुलै काम पनि गर्न सकिनेछ । रोकिएका कामहरु सजिलै पुराहुने छन तर गलतकामको जोखिम भने नलिनुहोला । काममा पदोन्नति वा स्थानान्तरणको अवसर पनि आउने छ । प्रणय सुखले मन आनन्दित हुनेछ । घाँटिमा संक्रमण हुन सक्ने संभावना देखिन्छ । सोमबार र मंगलबार मनमा बैचैनि अनुभव होला भने बाँकी सप्ताह राम्रो रहनेछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 
मनमा द्वन्द केही बढेको अनुभव हुनेछ । कार्यमा भएकोले बिलम्बले उत्तरदायीत्व बढ्नेछ । तर काममा भने केही सम्मान  पाईनेछ । समय प्रतिकुल भएकोले खराब ब्यक्तिको संगतमा परिने संभावना छ । सम्पत्तिमा क्षतिपुग्ने संभावना भएकोले सतर्क रहनुहोला।  पैत्रिक सम्पतिको विवादले मनमा असन्तोष अनुभव हुनसक्ला । खर्चको व्यबस्थापन सही रुपमा गर्ने कोशिस गर्नुहोला । सोमबार र मंगलबारबाट सोचेअनुरुप काम गराउन सकिने छ । धार्मीक यात्राको संभावना प्रबल रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समयले साथ दिँदा साढेसाती शनीको प्रभाव केही कम महशुस हुनेछ । समस्याले खिन्नता बढाए पनि भाग्यले गर्दा काम बन्नेछ । अफ्ठ्यारो परिस्थितीलाई काबुमा लिन धैर्यता अपनाउनु होला । खर्च भने बढ्ने नै छ । बैदेशीक व्यापारमा भने केही अवसर आउन सक्छ ।  मातापिताको स्वास्थ्यका बारेमा ध्यान दिन जरुरी छ । लामो यात्रामा मन जानेछ । बिहीबार र शुक्रबार तपाँईका लागि बिशेष दिन हुनसक्छ । शारिरिक रोगको बारेमा धेरै नै सचेत हुने समय छ । नत्र आँखा तथा मुखमा संक्रमण, दाँतमा समस्या र ‘पाईल्स’ जस्ता रोगले दुख दिनेछ ।  

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफ्नो कमजोरीको अरुले फाईदा उठाउन सक्ने हुनाले सावधान रहनुहोला ।  मनमा असफलताको कुराहरु आईरहनेछन । परिस्थितीको सामना गर्न भन्दा पनि भाग्न खोजिनेछ । कार्यालयमा भने प्रशंसा पाइनुका साथै पदोन्नतिको अवसर पाइन सकिनेछ । बिदेश भ्रमणको अबसर जुटनसक्छ । यात्रा अलि खर्चिलो बन्नसक्छ हुनाले खर्चको योजना राम्रो संग गर्नुहोला । बिदेशमा पठनपाठनका लागि कोशिस गर्ने राम्रो समय छ । बैदेशीक व्यवसाय शुरु गर्ने र पहिले भैरहेको व्यवसाय बढाउन यो समय उत्तम छ । परिबारका बृद्ध सदश्यसंगको कुराकानीले तपाँईलाई केही हौसला मिल्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार व्यवसायका लागि भने समय अनुकुल छ । जीवनसाथीको सहयोगले गर्दा बिशेष लाभ हुनेछ । दिर्घकालिन योजनाहरु बिस्तारै कार्यान्वयन हुनेछन् । शेयरबाट पनि मनग्यै फाईदा हुनेछ भने यशकिर्ती बढ्नेछ । पदोन्नति हुनुका साथै पुरस्कार प्रशंसा पाईनेछ । परोपकारी काम गर्ने अवसरले मनमा शान्तिको अनुभव हुनेछ । गरिएका कामहरुको  मूल्यांकन उच्च हुनेछ। सोमबार र मंगलबार अलि सचेत रहनुहोला । घरमा बिलासिताका सामानहरु थपिने संभावना पनि प्रवल रहेको छ ।  

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 
अल्झेको कामलाई सुल्झाउने कडी भेटिनेछ । परिवारका सदश्य बिशेष गरि आमाले गर्दा भाग्यले राम्रै साथ दिनेछ । चोटपटक र दुर्घटनामा परिने संभावना रहेकोले सजगता अपनाउनु होला ।  कामको अबसर धेरै आएपनि काम गर्दा भने व्यवधान आउनेछ । बोली-व्यवहारमा सजग रहनुहोला। पेटको स्वास्थ्यको ख्याल राख्नुहोला । यो समयमा कुनै दिर्घकालिन रोग लाग्न सक्ने भएकोले नियमित जाँच गराउनु होला । बिहीबार र शुक्रबार सोचे जस्तो राम्रो हुनेछैन । मध्यसाता पछि समय प्रतिकुल हुने भएकाले महत्वपूर्ण कामलाई आगामी हप्ता गर्दा राम्रो हुने देखिन्छ ।   

जोतिषबारे थप जानकारीका लागि तलको ठेगानामा सम्पर्क राख्न सक्नुहुनेछ :

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »