सगुनको मोवाइल एप लीक भयो

२२ पौष २०७४

banner

काठमाडौं । एन्ड्रोइड प्रयोगकर्ताका लागि सगुनको मोवाइल एप पुष २५ गते (९ तारिख) मंगलबार बजारमा आउने भएको छ । मोवाइल एपको प्रारम्भिक संस्करण भने आधिकारिक घोषणा हुनु अगाडि नै गुगल प्ले स्टोरमा लीक भएको छ ।

लीक भएको सगुन एप प्रयोगकर्ताहरूले डाउनलोड गर्न प्रयास गरेपनि कमैले मात्र त्यो डाउनलोड गरेका छन् । त्यो लीक भएको एपबारे भने सगुनको केही आधिकारिक प्रतिकृया आएको छैन ।

सगुन टीमका सदस्यहरूले ८-९ महिना लगाएर मोबाइल एप विकास गरेको बताएका छन् । एपको अन्तिम रूप तयार भैसकेको र त्यसको सफल परिक्षण समेत सकिएको भन्दै आउने मंगलबारदेखि सगुन एप आधिकारिक रूपमा प्रयोगकर्तामाझ आउने छ ।

सगुन टीमका सदस्यहरूले ८-९ महिना लगाएर मोबाइल एप विकास गरेको बताएका छन् । एपको अन्तिम रूप तयार भैसकेको र त्यसको सफल परिक्षण समेत सकिएको भन्दै आउने मंगलबारदेखि सगुन एप आधिकारिक रूपमा प्रयोगकर्तामाझ आउने छ । पटक पटक आन्तरिक परीक्षण गर्दा भेटिएका ससाना त्रुटिहरुलाई मिलाउने काम सकिएको र अब प्रयोगकर्ताहरुले समस्याको सामना गर्न नपर्ने बताइएको छ । www.sagoon.com निकट स्रोतका अनुसार यो एप प्रयोगकर्ताका लागि उत्साहजनक र जीवनोपयोगी हुनेछ ।

सगुनले आफ्ना प्रयोगकर्तालाई कनेक्ट, शेयर र अर्न तीन तरिकाबाट लाभ दिने जनाएको छ । सगुनको सोसल स्मार्ट कार्ड पनि छिट्टै बजारमा आउने विभिन्न समाचारहरूमा उल्लेख छ ।

सगुनले यस अगाडि जारी गरेको अन्तिम आधिकारिक संस्करण भनेको डेस्कटप संसकरण २.० हो जसलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले काठमाडौँमा सुरुवात गरेका थिए ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »