नेपाली कांग्रेस युरोप : बिघटन की जिवित ?

२३ पौष २०७४

banner

बिजय शर्मा दर्पण
नेपाली कांग्रेसको युरोप संगठन ठूलो तामझामका साथ गठन भएको थियो। जर्मनीको बर्लिनमा त्यति बेला कांग्रेस विदेश विभाग प्रमुख सुजाता कोइराला आएर कांग्रेसलाई युरोपभरी सशक्त संगठन बनाउने उद्घोष गर्दै गठन गरिएको थियो। सन् २००६ मा गठन भएको युरोप कांग्रेस अहिले युरोपका सबै देशमा छरिएर बलियो बन्नु पर्ने हो।

तर बिगत ११ वर्षको यो इतिहासमा संगठन बलियो बन्ने त कता कता,संगठननै विघटनकाे  संघारमा पुगेकाे अवस्था छ।  नेपाली कांग्रेसको बिधान अनुसार यो संगठन स्वत: बिघटन भएको छ। तर नेपाली कांग्रेस युरोप भन्दै अनेक नाममा प्रचार गर्ने र युरोप कांग्रेसको नाममा राजनीतिको आभास भने देखिएकै छ। प्रश्न फेरि पनि उठ्छ, के युरोप कांग्रेस मृत भएको हो? जिवित हो भने कहाँ छ?  मृत भैसकेको हो भने यसका नाममा राजनीति किन?
 
फ्र्यान्क्फार्ट भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे आफै उपस्थित हुनु भएको थियो। नेपाली कांग्रेसको युरोप संगठनको औचित्यकाबारेमा नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसंपर्क समिति स्पेनका संस्थापक अध्यक्ष चिन्तामणी सापकोटा को भनाइ सान्दर्भिक छ। उनको भनाइमा ३१ जुलाई २०१७ सम्म युरोप कांग्रेसको अधिवेशन हुनुपर्ने बैधानिक नियम थियो। त्यो समयमा हुन सकेन। पहलपनि हुन सकेन। त्यो मितिमा अधिवेशन नभएपछि विधानतः नेपाली कांग्रेस युरोप स्वतः बिघटन हुन्छ। अब यसका नाममा राजनीति गर्ने आधारपनि बाँकि छैन्।
 
नेपाली कांग्रेस युरोप भन्ने संगठनको वैधानिक आधार पनि छैन। अब यसलाई पुनः बैधानिकता दिने हो भने फेरि नेपाली कांग्रेस युरोपको नाममा तदर्थ समिति गठन गरिनुपर्छ। र त्यसलाई केन्द्रसँग मिलाएर वैधानिकता दिएर अधिवेशन गरिनुपर्छ। सापकोटाका अनुसार हाल नेपाली कांग्रेस युरोप संगठनलाई पुनर्जिवित गराउनकालागि छलफल चलिरहेको छ। आन्तरिक बहसहरु भएका छन्। यथाशीघ्र तदर्थ समिति बनाएर अगाडि बढ्ने प्रयास भैरहेकोपनि सापकोटाले जानकारी दिए।
 
नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सका बरिष्ठ सल्लाहकार हरि पौडेलको तर्कमापनि अब केन्द्रीय समितिले नेपाली कांग्रेस युरोप संगठनका बारेमा बोल्नुपर्छ। सन् २०१७ को जुलाई ३१ मा अधिवेशन नगरेमा स्वतः बिघटन हुने प्रावधान हो भने केन्द्रीय कार्यालयले यसको छिनोफानो गरेर नयाँ कमिटी गठन र अधिवेशनकालागि निर्देशन दिनुपर्छ। अब के हुन्छ? के हुदैँछ? अधिवेसन गर्ने की नगर्ने बिषयमा निबर्तमान अध्यक्ष दिल गुरुङसँग जवाफ माग्दा केहि जवाफ दिन सक्नुभएको छैन।

Leave a reply

HTML Tags are not supported

Post My Comment »