राम रहीमका चेलाले चलाउँथे सेक्स रकेट, युवतीसँग सुरुङबाट भागे राम रहीमका चेला

२३ पौष २०७४

banner

एजेन्सी। बलात्कारी राम रहिमका चेलाको गेष्ट हाउसमा प्रहरीले छापा मारेर सेक्स रकेटको भण्डाफोर गरेको छ। कोलकाताको बुर्राबजारको एक गेष्ट हाउसमा पश्चिम बंगाल प्रहरीले छापा मार्दा राम रहीमको चेला प्रमोद सिंहानिया सुरुङमार्फत भाग्न सफल भएको प्रहरीले जनाएको छ। 

प्रहरीले सो गेस्ट हाउसमा गेस्ट हाउसमा बस्ने मासिनको सूचनाका आधारमा छापा मारेको भारतीय संचारमाध्यमले जनाएका छन्। प्रहरीका अनुसार गेस्ट हाउसमा आएको ग्राहकले २५ डिसेम्बरमा गेस्ट हाउसको क्याविनमा एक जोडीलाई आपत्ति जनक अवस्थामा देखेपछि प्रहरीमा खबर गरेका थिए। एक प्रत्यक्षदर्शीका अनुसार सो क्यालिनमा नाबालिका र नाबालक पनि थिए। 

जानकारीका अनुसार सो गेस्ट हाउसमा करिव २५ युवा–युवती  अट्ने क्याबिन बनाइएको छ। प्रत्येक क्याविनमा ओछ्यान लगाइएको छ। गेस्ट हाउसमा अवैध यौन धन्धा संचालन गरेको थाहा पाएपछि छिमेकीले गेस्ट हाउस संचालक सिंहानियालाई नियन्त्रणमा लिएका थिए। तर प्रहरी पुग्नु अगाडि नै सिंहानिया सुरुङमार्फत भाग्न सफल भएको बताइएको छ।

प्रहरीका अनुसार सिंहानियाले केही विशेष प्रकारका कोठा पनि बनाएका थिए।  जँहा बुर्राबजार आउने व्यापारीले व्यापार सम्बन्धी बैठक गर्थे। प्रहरीले सो विषयमा जाँच सुरु भएको जनाएको छ र डेरा सच्चा सौदा प्रमुख राम रहीमका भक्त प्रमोद सिंहानियाको खोजी सुरु गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »