सगुनबारे वलिउड नायिका श्रद्धा कपुरको ट्वीट

२३ पौष २०७४

banner

काठमाडौं । चर्चित वलिउड नायिका श्रद्धा कपुरले आफ्नो ट्वीटर हेण्डलमा सामाजिक संजाल सगुनको एपबारे एक प्रबर्द्धनात्मक पोष्ट गरेकी छन् र भनेकी छन्– ‘तपाईँलाई सामाजिक रूपमा परिवर्तन गर्नुस्।’ उनको आशय छ– सगुनले सामाजिक सञ्जालको नयाँ स्वाद पस्कदै छ, त्यसको उपयोग गर्नुस् र आनन्द लिनुस्।

सगुन नेपाली नेतृत्वको सामाजिक संजाल हो। यही पुष २५ गते (जनवरी ९ तारिख) मा सगुनले आफ्नो एन्ड्रोइड एप लन्च गर्दैछ। लन्च हुन लागेको एपको प्रवर्दनात्मक भुमिकामा नायिका श्रद्धा कपुर पनि संलग्न छन्।

श्रद्धाले शुभकामना दिदै लेखेकी छन्-‘अल द वेस्ट टिम सगुन।’

पछिल्लो समयकी चर्चित नायिका श्रद्धाले ट्वीटरमा सगुनबारे गरेको पोष्ट यो समाचार तयार पार्दासम्म ३ सय रिट्वीट भएको छ, झण्डै ४ हजार लाइक छ।

नेपाल, अमेरिका र भारतमा कार्यालय संरचनासहित आफ्ना उत्पादन वृद्धि गर्न आक्रामक रूपमा अगाडि बढेको सगुनको एन्ड्रोइड एप भारतको दिल्लीबाट लन्च हुँदैछ।

अमेरिकाको गुगल, फेसबुक, चीनको विच्याट, अलिवावा जस्ता विश्व बजार पिटेका आइटी प्लेटफर्म भारतमा छैनन्। छन् त केवल भारतीय बजारमा केन्द्रत स्न्यापडिल, फ्लिपकार्ट, पेटिएम जस्ता प्लेटफर्म। त्यसैले पनि भारतसहित दक्षिण एशियाली बजारमा सगुनले आफ्नो बजार विस्तारको रणनीति बनाएको गिरी बताउँछन्।

‘हामीले ग्लोबल मार्केटलाई लक्षित गरेर आफ्ना उत्पादन सँगै त्यसको गुणस्तर र पहुँच विस्तार गर्ने नीति लिएका छौं,’ सगुनका संस्थापक गोबिन्द गिरी भन्छन् ‘पहिलो चरणमा हामी दक्षिण एशियामा केन्द्रित हुँदैछौं, त्यसको लागि सूचना प्रविधिमा आक्रामक रूपमा अगाडि आएको भारत हाम्रा लागि उपयुक्त बजार हो।’

अमेरिकाको गुगल, फेसबुक, चीनको विच्याट, अलिवावा जस्ता विश्व बजार पिटेका आइटी प्लेटफर्म भारतमा छैनन्। छन् त केवल भारतीय बजारमा मात्रै केन्द्रत रहेका स्न्यापडिल, फ्लिपकार्ट, पेटिएम जस्ता प्लेटफर्म। त्यसैले पनि भारतसहित दक्षिण एशियाली बजारमा सगुनले आफ्नो बजार विस्तारको रणनीति बनाएको गिरी बताउँछन्।

यसअगाडि काठमाडौंमा तात्कालिन प्रधानमन्त्री केपी ओलीले सगुनको डेस्कटप भर्सन २.० लन्च गरेका थिए।

सगुन टीमका सदस्यहरूले ८-९ महिना लगाएर मोबाइल एप विकास गरेको बताएका छन् । एपको अन्तिम रूप तयार भैसकेको र त्यसको सफल परीक्षण समेत सकिएको भन्दै आउने मंगलबारदेखि सगुन एप आधिकारिक रूपमा प्रयोगकर्तामाझ आउने छ ।

पटक पटक आन्तरिक परीक्षण गर्दा भेटिएका ससाना त्रुटिहरुलाई मिलाउने काम सकिएको र अब प्रयोगकर्ताहरुले समस्याको सामना गर्न नपर्ने बताइएको छ । www.sagoon.com निकट स्रोतका अनुसार यो एप प्रयोगकर्ताका लागि उत्साहजनक र जीवनोपयोगी हुनेछ ।

सगुनले आफ्ना प्रयोगकर्तालाई कनेक्ट, शेयर र अर्न तीन तरिकाबाट लाभ दिने जनाएको छ । सगुनको सोसल स्मार्ट कार्ड पनि छिट्टै बजारमा आउने सगुनले यस अगाडी नै घोषणा गरेको थियो ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »