फोटोमा हेर्नुस् चञ्चले लोखर्के

४ चैत्र २०७३

banner

लोखर्के निकै चञ्चल वन्यजन्तु हो। एक ठाउँमा स्थिर नबस्ने लोखर्के जमिनमा भन्दा बढी रूखमा बस्छ। निकै तेज गतिमा दगुर्ने र रूखका हाँगामा हाम फालेर यता र उता गर्ने लोखर्के देख्दामा मुसा जस्तो देखिन्छ। मुसो भन्दा अलग देखउने लोखर्केको बाक्लो र लामो राैं हो। लोखर्केलाई कतै कतै "फ्याउमुसो" पनि भनिन्छ। 

फलफूल र खाद्यबाली लोखर्केको मुख्य आहार हो। निकै चतुर र तीब्र श्रबण शक्ति लोखर्केको विशेषता हो। गाउँ घरमा लोखर्केले किसानका अन्नबाली खाएर दुःख दिन्छ। तर लोखर्केले मानव जीवनमा ठूलो हानी भने गर्दैन।

फोटोमा हेर्नुस् चञ्चले लोखर्केका केही झलक- तस्बिरः डिसी नेपाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »