रेष्टुरेन्टमा आगलागी, पाँचको मृत्यु

२४ पौष २०७४

banner

नयाँ दिल्ली । दक्षिणी भारतीय राज्य बङ्लुरुमा रहेको एक रेष्टुरेन्टको बारमा सोमबार भएको आगलागीमा परी त्यहाँ कार्यरत पाँच व्यक्तिको मृत्यु भएको समाचार छ । 

अधिकारीहरुका अनुसार सो घटनामा मारिएका व्यक्तिहरु सोहीे बारमा कार्यरत कामदार हुन् । रेष्टुरेन्टमा आगो लाग्दा उनीहरु निदाइरहेका बताइएको छ । 

बिहीबार बिहान सबेरै स्थानीय समयाअनुसार २ः३० बजे कैलाश बार नामक रेष्टुरेन्टमा आगालागी शुरु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । 

कैयौँ घण्टापछि मात्र आगलागी नियन्त्रणमा लिइएको र जलेका शवलाई शवपरीक्षणका लागि अस्पतालमा लगिएको छ । 

गत हप्ता पनि मुम्बईको कमला मिल्स कम्पनीमा भएको आगलागीमा परी ११ महिलासहित १४ व्यक्तिको मृत्यु भएको र अन्य २० घाइते भएका थिए । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »