सामाजिक सञ्जालमा डा. केसीको समर्थन, सरकार र अदालतको यसरी खिल्ली उडाइयो

२५ पौष २०७४
banner

काठमाडौँ । अदालतको अपहेलना गरेको आरोपमा वरिष्ठ चिकित्सक डा गोविन्द केसी सोमबार राति पक्राउ परेपछि उनका समर्थनहरु विरोधमा उत्रिएका छन्। डा केसीको रिहाइको माग गर्दै उनका समर्थकहरु बिहानैदेखि सडकमा उत्रिएका छन् भने सामाजिक सञ्जालबाट पनि पक्राउको विरोध गरिरहेका छन्। 

डा केसीको रिहाइको माग गर्दै आज बिहानै देखि माइतिघर मण्डलामा पूर्वप्रधानमन्त्रीदेखि पूर्व स्वास्थ्य मन्त्री गगन थापासम्म प्रदर्शनमा उत्रिएका हुन्। डा केसीको समर्थनमा सामाजिक सञ्जालपनि अछुतो रहन सकेका छैनन्। अदालतको फैसला गलत भएको भन्दै केसीको रिहाइको माग सहितका स्टाटसले यतिबेला सामाजिक सञ्जालका वालहरु भरिएका छन्। 

डा केसी पक्राउ परेको विरोध गर्दै गायक प्रमोद खरेलले ट्वीटमा लेखेका छन्, ए धुर्मुस भान्जा सुरक्षित बस है, डा केसीलाई त पक्रेछन्, तिमीलाई नी बेर लाउदैनन्। 

 

त्यस्तै किशोर सुवेदीले ट्वीट्मा लेखेका छन्, डा केसी हिजो पागल थिए अब अपराधी पनि भए। डा केसीको गिरफ्तारी प्रधानमन्त्रीलाई थाहाँ भएन रे । गजब देश अनि सत्तामा बस्नेको भेष। 

 

त्यस्तै ट्वीट्मा केदार शर्मा लेख्छन्, डा गोविन्द केसी सुन हुन्, पोलिँदा र पिटिँदा अझ चम्किला हुन्छन् । तिमी छुसीहरु कोइला हौ। जति चम्किन्छौ, त्यति जाँडै सकिन्छौँ । 

 

त्यस्तै ट्वीट्मै व्यङ्ग गर्दै विनोद आचार्य लेख्छन्, बाल कृष्ण ढुंगेललाई पक्रन लागेको समयको शुन्य दशमलव एक प्रतिशत पनि लागेन डा केसी लाई समात्न। न्यायलय र पुलिसले फड्को मारेछ कि क्या हो ? बडा चुस्त भएछन । 

 

ताजा भिडियो

प्रधानमन्त्री भर्सेज मुख्यमन्त्री । केन्द्र भर्सेज प्रदेश सरकार । संघीयता कार्यान्वयनमा असमझदारी ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l

सरकारको एक वर्ष : नेपाली कांग्रेसको समिक्षा । Nepali Congress ।