
परासी । नवलपरासीको रामग्राम नगरपालिका–१२ मा माइक्रो बस र ट्रक ठोक्किदा २ जनाको ज्यान गएको छ भने ६ जनाको अवस्था गम्भिर रहेको छ।
आज बिहान १० बजे भैरहवा भुमई पाईपास सडक अन्तर्गत रामग्राम नगरपालिका–१२ जमुवाडमा सो दुर्घटना भएको हो। परासीबाट भुमही जादै गरेको लु १ ख ९२३६ नंम्बरको यात्रुबाहक माइक्रो बस र विपरीत दिशाबाट आउदै गरेको ना ५ ख ९२४५ नम्बरको ट्रक एक आपसमा ठोक्किदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाईते भएका ८ जना मध्ये दुईजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा रामग्राम नगरपालिका २ परासी बस्ने वर्ष ३५ का अरविन्द ठाकुर र रामग्रामकै वडा नं ५ बस्ने वर्ष २६ का जितेन्द्र कुमार पाण्डे रहेका छन्।
घाइते ६ जना मध्ये ५ जनाको भुमहीको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई रुपन्देहिको क्रिम्सन अस्पताल मणिग्राम पठाइएको प्रहरीले जनाएको छ।
बाक्लो हुस्सुका कारण उक्त दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।
Leave a reply