यी युवतीको बिहे यतिसम्म महंगो ! बेलायती राजकुमारको बिहेभन्दा धेरै खर्च 

२५ पौष २०७४

banner

बेलायती राजकुमार विलियम्स र केट मिडलटनको २०११ मा भएको बिहेलाई निकै महंगो मानिन्छ । उनीहरुको बिहेमा झण्डै साढे ३ सय करोड नेपाली रुपैयाँ बराबरको खर्च भएको थियो । तर यो महंगो बिहेलाई पनि उछिन्ने बिहे भएका छन् ।
 
भारतीय मूलका व्यवसायी लक्ष्मीविलास मित्तलले आफ्नी छोरीको बिहेमा योभन्दा धेरै खर्च गरेका छन् । संसारको सबैभन्दा ठूलो स्टिल कम्पनी आर्सिलर मित्तलका सिइओ उनले सन् २००४ मा भएको आफ्नी छोरीको बिहेमा झण्डै ४ सय २४ करोड नेपाली रुपैयाँ बराबर खर्च गरेका थिए । लक्ष्मीविलासकी छोरी वनीशाको बेलायती व्यवसायी अरुण भाटियाका छोरा अमित भाटियासँग विवाह भएको थियो । पेरिसमा भएको उक्त बिहेमा यी अर्बपतिले यति धेरै खर्च गरेका थिए । 

बिहेको उत्सवमा डान्सको लागि मित्तलले चर्चित कोरियोग्राफर फराह खानलाई जिम्मा दिएका थिए । बिहेमा पपस्टार काइनी मिनगले आधा घण्टाको प्रस्तुतीको लागि झण्डै ३ करोड नेपाली रुपैयाँबराबरको शुल्क लिएकी थिइन् । त्यतिबेला टप बलिउड स्टार रहेका जुही चावला, रानी मुखर्जी, सेफ अली खान र शाहरुख खानसम्मले यो बिहेमा प्रस्तुती दिएका थिए । मण्डप बनाउनको लागि मुम्बइका कलाकारहरु ल्याइएको थियो र यहाँ प्रयोग गरिएका फूल हल्याण्डबाट मगाइएका थिए । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »