चिसो मौसममा भित्री पोशाक लगाएर रेलमा यात्रा

२६ पौष २०७४

banner

बीबीसी।  विश्वका ५० शहरमा आइतबार मानिसहरुले मेट्रो रेलमा विना पाइन्ट यात्रा गरे। लण्डनको ट्यूब (मेट्रो) मा करिव २५० मानिसले सर्ट र अन्डवेयरमात्रै लगाएर यात्रा गरे। ‘नो ट्राउजर ट्यूब राइड’ को अवसरमा रेलमा यात्रा गर्ने यात्रीले अण्डरगार्मेन्ट्समा यात्रा गर्न सक्छन्। यसको पछाडि कुनै कारण छैन।

यो सबै हाँस्ने, हसाउँने र मुस्कुराउन मात्र गरिन्छ। इवान मार्कोविकले बीबीसी थ्रीसँग कुरा गर्दै यो केवल मस्ती र हसाउँनकालागि मात्र गरिएको बताए। इवान त्यो फ्ल्यास ग्रुपको सदस्य हुन् जसको कार्यक्रमको आयोजना गरेको थियो। ‘हामी न कुनै जागरुकता फैलाइरहेका छौं नत कुनै च्यारिटीकालागि फण्ड नै जुटाइरहेका छौं,’ उनले भने।  

राइडमा भाग लिन करिव ३ बजे पूरै कपडा लगाएर मानिसहरु लन्डनको चाइनाटाउनमा भेला भएका थिए। त्यसपछि उनीहरु ६ वटा समूहका विभाजित भए र प्रत्येक समूहमा एकजनालाई नेता बनाइयो। 

उनीहरु ट्यूबको अलग अलग भागमा चढे। ट्यूबमा सवारभएपनि उनीहरुको नेताले आफ्नो पाइन्ट खोल्न आदेश दिए, त्यसपछि एक रमाइलो दृष्य देख्न पाइयो। उनीहरुले जाडोमा बाक्ला कपडा लगाइरहेका थिए, तर तल केवल अन्डरवयर मात्र लगाएका थिए। राइडको फेसबुक पेजमा उल्लेख भए अनुसार केही मानिसहरु भने अन्डरवेयर लगाएर सधैंझैं किताव बढिरहेका थिए।

केही भने उभिएर हेडफोन लगाएर गीत सुनिरहेका थिए भने केही मोबाइलमा गेम खेलिरहेका थिए। यसैगरी उनीहरु प्याडिंगटन, भिक्टोरिया, मान्युमेन्ट र वाइट सिटीलगायतका स्थानमा गइरहेका थिए। सो कार्यक्रममा बेग्ला बेग्लै उमेर समूहका मानिसले भाग लिएका थिए। २७ वर्षका फ्र्यांस्किोले भने, ‘यो पहिलो पटक हो यस्तो कार्यक्रममा मैले भाग लिएको। मलाइ के लाग्छ भने सधैं गम्भीर भइरहनु पर्छ भन्ने छैन।’

आइतबार लन्डनमा निकै चिसो थियो। तापक्रम ३ डिग्री सेल्सियस थियो। त्यसका बावजूत मानिसहरुले अन्डरवयर लगाएर यात्रा गरे। ‘नो ट्राउजर्स साइड’ को सुरुवात अमेरिकाको न्युयोर्कबाट सुरु भएको थियो, अहिले विश्वका धेरै देशमा पुगिसकेको छ। यो वर्षका विश्वका धेरै सहरमा करिव २० हजार मानिस सो कार्यक्रममा सहभागी भएको बीबीसीले जनाएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »