२० जना बालकलाई भारत लग्दै गरेका दुई जना प्रहरी नियन्त्रणमा

२६ पौष २०७४

banner

काठमाडौं । भारत तर्फ लग्दै गरेको अवस्थामा नेपाल प्रहरी जुम्लाले २० जना बालकहरुको उद्धार गर्न सफल भएको छ। 

जुम्लाबाट नेपालगंजतर्फ जाँदै गरेको ना.५ ख ४५२९ नम्बरको यात्रुवाहक बसमा ८ देखि १५ बर्ष उमेर समूहका २० जना बालकलाई भारततर्फ लैजान लागेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ समेत गरेको छ। 

उद्धार गरिएका २० जना बालकहरुलाई जिल्ला प्रहरी कार्यालय जुम्लाको महिला सेलमा राखिएको छ ।

राठी गाउँपालिका–३ छुमचौर बस्ने ३२ बर्षीय कर्म तामाङ र २९ बर्षीय छिरिङ तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी कुडारीको प्रहरीले उक्त बसमा जाँच गर्ने क्रममा ती बालकहरुलाई भारततर्फ लैजान लागेको अवस्थामा फेला पारी दुवैजनालाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुुसन्धान गरिरहेको जनाएको छ ।

 तस्विर: शुरबहादुर सिंह

Leave a reply

HTML Tags are not supported

Post My Comment »