हेल्थकेयर संचालक दम्पती नै लागुऔषध व्यापारी

२६ पौष २०७४

banner

काठमाडौं । लागुऔषध बिक्रिबितरण गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित सफलता हेल्थकेयर सेन्टरका संचालक चौधरी थरका दम्पतीलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो । 

नवलपरासीको मनहरिका २९ बर्षीय चुडामणी चौधरी र सेन्टरमा काम गर्ने उनकै श्रीमती २५ बर्षीया सपना चौधरीलाई बिभिन्न प्रकारका लागूऔषध सहित मंगलबार प्रहरीले पक्राउ गरेको जानकारी गराएको छ । 

लागूऔषध नाइट्रोजेपाम २ सय ४० ट्याब्लेट, ट्रमाडोल १ हजार ६ सय ८५ क्याप्सुल, एक्काडोल ६ सय ७० क्याप्सुल, डाइजेपाम ३१ एम्पुल नाइट्रोभेट ४ सय ७० ट्याव्लेट र अन्य मनोदिपक औषधीहरु सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त सेन्टरमा लागूऔषधको कारोबार हुने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त लागूऔषध बरामद भएपछि औषधी व्यवस्था विभागसँग समन्वय गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुुसन्धान गरिरहेको जानकारी गराएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »