अमेरिकामा घर किन्न चाहनेका लागि खुशीको खवर

२६ पौष २०७४

banner

अमेरिका । अमेरिकामा घर किन्ने र ट्याक्सका बारेमा जानकारी हाँसिल गर्ने भित्री इच्छा जोकोहीको पनि हुनसक्छ । विश्वविजेता तथा सपनाको भूमि भनेर परिचत अमेरिका प्रवेश गर्ने जो कोही को पनि यहाँ एउटा घर होस् भन्ने चाहाना हुनु स्वभाविक हो । 

चिल्ला सडक, सभ्य समाज, कामप्रति सम्मान अनि यसै समाजमा बसोबास गर्ने सबैका लागि यहाँको कानूनले समान रुपले हेर्ने भएर नै यस ठाउँमा विश्वभरका मानिसहरु अटाउन सकेका छन् । 

तर यति हुँदाहुदै पनि यहाँ बसोबास गर्ने कतिपय मानिसहरुमा कानूनी ज्ञानको अभाव भएकाले आफ्नो स्थायीबसोबासका लागि घर किन्न सकिरहेका हुँदैनन्। 

घर खरिद गर्न चाहिने आवश्यक ज्ञानको अभावमा सक्नेले पनि घर किन्न सकिरहेका हुँदैनन्। यस्तै समस्यालाई मध्यनजर गर्दै नेपाली रियल्टर डट कम तथा एड ट्याक्सले निशुल्क सेमिनारको आयोजना गर्दै छ। 

अनि तपाइँहरुको जिज्ञाशा समाधान गर्न उपस्थित हुँदैछन् रियल्टर निशेष भट्टराईका साथमा ट्याक्स विशेषज्ञ अर्जुन दाहाल ।  यही जनवरी महिनाको २१ तारिख अपराह्न्न २ बजेदेखि ४ बजेसम्म चल्ने सेमिनारमा इच्छुक जोकोहीले पनि आफ्नो जिज्ञासा राखेर अमेरिकामा घर किन्न, ऋण लिन तथा ट्याक्सका बारेमा उपयुक्त सुझाव लिन सक्नुहनेछ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »