फरार अभियुक्त ३३ वर्षपछि पक्राउ

२६ पौष २०७४

banner

त्रिशूली(नुवाकोट)। कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका तीनजना फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ। 

कर्तव्य ज्यान मुद्दामा नुवाकोट जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका शिवपुरी गाउँपालिका–८ का लालवहादुर तामाङ, कामी तामाङ र काले तामाङलाई पक्राउ गरी बुधबार नुवाकोट जिल्ला अदालत बुझाइएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तवहादुर कुँवरले जानकारी दिएका हुन्।

कर्तव्य ज्यान मुद्दामा नुवाकोट अदालतबाट २०४१ साल असार ६ गते उनीहरुमाथि कैदको फैसला भएको थियो। अदालतले लालबहादुरलाई १८ महिना तथा कामी र काले तामाङलाई छ/छ महिना कैदको सजाय तोकेको थियो। अदालतले तीनैजनालाई आजै कैद भुक्तानका लागि नुवाकोट जिल्ला कारागार चलान गरेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »