जर्मन ‘प्लेब्वाई’ को कभरपेजमा पहिलो पटक तेस्रो लिंगी मोडल

२७ पौष २०७४

banner

बीबीसी।  ‘प्लेब्वाई’ म्यागेजिनको  जर्मन एडिशनको कभर पेजमा पहिलो पटक तेस्रो लिंगी मोडललाई स्थान दिइएको छ। २१ वर्षीया  गुलियाना फरफाला म्यागेजिनमा टपलेस देखिने भएकी छन्। एक टेलिभिजन रियालिटी शोमार्फत गुलियाना पहिला नै चर्चित भएकी थिइन्।

म्यागेजिनका सम्पादक फ्लोरियन बोएटिनले आफ्नो निर्णयको अधिकार कति महत्वपूर्ण भन्ने कुराको उदाहारण गुलियाना भएको बताए। गत  वर्ष ‘प्लेब्वाई’ म्याजेजिनको अमेरिकी संस्करणमा एक तेस्रो लिंगी मोडललाई स्थान दिइएको थियो।

जर्मनीकी गुलियानाले आफूलाई सानैदेखि गलत शरीरकासाथ पैदा भएको लाग्ने गरेको बताइन्। १६ वर्षको उमेरमा गुलियानाले आफ्नो लिंग परिवर्तनकालागि सर्जरी गराएकी थिइन्।

इंस्टग्राममा गुलियानाले ‘प्लेब्याई’ म्यागेजिनको कभर पेजमा आफू आउने गर्वको विषय भएको उल्लेख गरेकी छन्। म्याजेजिनको ताजा संस्करण बिहीबार न्युज स्ट्याण्डमा उपलब्ध हुनेछ। गत वर्ष गुलियानाले जर्मनीको लोकप्रिय टेलिभिजन सिरिज ‘ नेक्स्ट टप मोडल’ मा पनि भाग लिएकी थिइन्।  

Leave a reply

HTML Tags are not supported

Post My Comment »