गोलपछि नेइमारको निधारमा जुत्ता (भिडियोसहित)

२७ पौष २०७४

banner

एजेन्सी । बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन पिएसजी गएका नेइमारले युरोपियन प्रतियोगिताको सुरुवातमै राम्रो प्रदर्शन गरेका छन्। 

गएराति भएको फ्रेन्च लिग कपमा पहिलो पटक खेलेका नेइमारले ५३ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए। एमिएन्स विरुद्ध गोल गरेपछि नेइमारले त्यसको सेलिब्रेशन निकै फरक तरिकाले गरेका थिए। उनले आफूले लगाएको जुत्ता फुकालेर निधारमा राखेका थिए। 

नेइमारले केही बेर जुत्तालाई निधारमै सन्तुलित गरेर अड्याएका थिए। उक्त सेलिब्रेशनले धेरैको ध्यान तानेको थियो। 

 

यसअघि लिग वान, च्याम्पियन्स लिग र फ्रेन्च कपको डेब्यु खेलमा गोल गरेका ब्राजिलियन नेइमारले बुधबार राति फ्रेन्च लिग कपमा नेइमारले पहिलो पटक खेलेका हुन्। नेइमार तथा एड्रिएन रोबिाओट्को गोलमा एमिएन्सलाई २–० ले हराउदैपिएसजी फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »